रोशी ११ देउराली डाडाँमा बन्ने भो बुद्ध प्रतिमा र बौद्ध स्तुपा

Post Thumbnail
  • २०७८ फागुन १८, बुधबार मा प्रकाशित १ साल अघि
  • ७२१ पाठक संख्या

  • रोशी गाउँपालिका ११ देउराली डाडाँमा बुद्ध प्रतिमा र बौद्ध स्तुपा (म्हाने छ्योर्तेन) को शिलान्यास, भूमि पूजा (सालाङ) कार्यक्रम सम्पन्न भएको छ ।

    शान्ति जन आदर्श सेवा केन्द्रको आयोजना, रोशी गाउँपालिकाको सहयोग एवम निर्माण उपभोक्ता समन्वय समिति रोशी ११ को व्यवस्थापनमा रोशी ११ को देउराली डाडाँमा बुद्ध प्रतिमा र बौद्ध स्तुपा (म्हाने छ्योर्तेन) को शिलान्यास, भूमि पूजा (सालाङ) कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमका गाउँपालिका अध्यक्ष डि.वि. लामाले रोशी वासीको धार्मिक आस्थाका रुपमा निर्माण हुन लागिरहेको बुद्ध प्रतिमा र बौद्ध स्तुपाको छिटो भन्दा छिटो निर्माणको लागि आग्रह गरे । रोशी गाउँपालिकाले सबै धर्म, जाती, भाषा, वर्गलाई सम्मान गर्दै रोशीमा भएका मठ मन्दिर, बौद्ध स्तुपाहरु सबैलाई साझा धार्मिक थलोको रुपमा लिइदिनको निम्ति आग्रह गर्दै गाउँपालिका अध्यक्ष लामाले हामीले मान्ने जुनसुकै धर्म, जुन सुकै देवी देवता भएता पनि साक्षात भगवान् भनेको हामीलाई जन्म दिने आमा बाबु भएकोले हामीले घरको भगवानलाई पनि उच्च सम्मानका साथ व्यवहार गर्न आग्रह गरे ।

    कार्यक्रममा शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौला, वडा नं ११ का अध्यक्ष मिलन लामा लगायतले स्तपाको महत्वका विषयमा मन्तब्य राखेका थिए । स्तुपा निर्माणको लागि गाउँपालिका अध्यक्ष लामाले व्यक्तिगत रुपमा ३४ हजार ५ सय तथा वडा नं ११ का अध्यक्ष मिलन लामाले व्यक्तिगत रुपमा २२ हजार रुपैया सहयोग गरेका थिए ।

    कार्यक्रम दुधमान तामाङको सभापतित्वमा सम्पन्न भको थियो ।

    प्रतिक्रिया दिनुहोस