पाँचखाल नगरपालिका वडा नं ४ मा दनुवार जातीहरु (डोने) को राष्ट्रिय भवन निर्माण भएको छ । दनुवार जातीहरुले भवनमा केन्द्रीय कार्यालय र संग्राहलय नै सञ्चालन गर्नेछन् ।
भवनको एक कार्यक्रमका विच हल्लेउ पर्व (माघेसंग्रान्ती) को अवसरमा पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले एक कार्यक्रमका विच भवनको उदघाटन गरे । १४ जिल्लाबाट सहभागि भएका दनुवार (डोने) हरुले माघे संक्रातिको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम समेत सञ्चालन गरेका थिए ।
पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारको विशेष पहलमा उक्त भवनको निर्माण भएको थियो । भवन निर्माणको लागि पाँचखाल नगरपालिकाले ५५ लाख रुपैया खर्चेका छ । भवन बनाउन जग्गा भने वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङलेउपलब्ध गराएका थिए । ५५ लाख रुपैयाबाट दुई तल्ले भवन निर्माण भएको छ ।
भवन उद्घाटन गर्दै पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले दनुवार (डोने) जातीको हित, संस्कृति जगेर्ना तथा भाषाको संरक्षणमा नगरपालिका दृढ रहेको बताए । उनले पाँचखाल नगरमा दनुवार जातीबाट उपप्रमुख पाएको जानकारी दिँदै अवका दिनमा दनुवार जातीबाट नगरप्रमुखको लागि तयार हुन जरुरी रहेको बताए । कार्यक्रममा दनुवार जाती र तमाङ जातीको हितको लागि नगरले पुर्ण साथ र समर्थन गर्ने तथा यी दुई जातीको संस्कृति, भाषा, भेषभुषाको संरक्षाणको साथै संग्राहलय व्यवस्थाको लागि नगरले सहयोग गर्ने जानकारी दिए । दुई जातीको भाषाको संरक्षणको लागि सोही भाषामा पाठ्यपुस्तक तयारी गरी सोही भाषामा अध्यापन गराउनको लागि बजेटको व्यवस्था गरेको जानकारी दिए ।
कार्यक्रममा मण्डन देउपुर नगरपालिका नगरप्रमुख टोक वहादुर वाईवाले मानवजातिको हित साथै सम्पुर्ण नागरिकको सुरक्षाको लागि नगरपालिकाले निरन्तर रुपमा कार्यगर्दै आएको बताए । उनले नगरपालिकमा रहेका दनुवार बर्गको हितको खातिर दनुवार भाषामा शिक्षा दिने व्यवस्था मिलाएको जानकारी दिए । मण्डनदेउपुरले दनुवार (डोने) भाषाको पाठ्यपुस्तक तयार गरी पालिकको दुई (डेडी थुम्का मा.वि र भिमसेन आधारभुत विद्यालय) विद्यालयबाट दनुवार जातीको भाषामा विद्यार्थीहरुलाई अध्यापन गराउन सुरु गरिएको जानकारी दिए ।
पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले धेरै दुःख गरेर भवन निर्माण भएको जानकारी दिर्दै उचित संरक्षण हुनुपर्नेमा जोड दिईन । उनले दनुवारहरु एकजुट भएर आफ्नो धर्म संस्कृतिलाई जगेर्ना गर्ने र भवनलाई संग्रालयको रुपमा सञ्चालन गर्नुपर्ने भनाई राखिन ।
नेपाल डोने बिकास समाजका अध्यक्ष राजन कुमार डानेको सभापतित्वमा सम्पन्न उक्त नेपाल डोने बिकास समाज सिन्धुपाल्चोकका अध्यक्ष हरी दनुवार, नेपाली काग्रेस सिन्धुपाल्चोक इन्द्रावति गाउंपालिका उपसभापति शिताराम दनुवार, पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष शुन्दर अधिकारी, पाँचखाल नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकाल, पाँचखाल नगरपालिका कार्यपालिका सदस्य माईली दनुवार र शत्रुधन दनुवार लगायतले मन्तब्य राखेका थिए ।
राजेश डोनेले सञ्चालन गरेका कार्यक्रममा उपस्थितलाई विष्णु डोनेले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस