सापटी तिर्न अपहरणको नाटक

  • २०७९ माघ २५, बुधबार मा प्रकाशित १0 महिना अघि
  • १०१ पाठक संख्या

  • काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं १३ स्थित अपहरणमा परेको भनेर झुक्याउँदै रकम असुली गर्न खोजेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काभ्रेका काभ्रेका ४२ वर्षीय जगतबहादुर भोलान, काभ्रेका ५३ वर्षीय कान्छामान जिम्वा, काठमाडौंका ४७ वर्षीय बिदुर बस्नेत, चितवनका ३३ वर्षीय दिलिप बिक, सर्लाहीका ४७ वर्षीय भोला महतो नुनिया, र धादिङका ४४ वर्षीय आशमान लामा पक्राउ परेका हुन् ।

    पक्राउ पर्ने ६ जनालाई नै अहिले प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

    प्रहरीका अनुसार उनीहरूले पैसा असुली गर्ने उद्देश्यले आफूहरू अपहरणमा परेको भन्दै परिवारका सदस्यहरूलाई नै भ्रम छरेका थिए । तर परिवारका सदस्यहरूले प्रहरीकहाँ उजुरी दिएपछि घटनाको खुलासा भएको प्रहरीले जनाएको छ ।

    घटना के हो ?

    चन्द्रागिरि नगरपालिका१३ का विदुर बस्नेतले काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा र आशमान लामालाई १० लाख रुपैयाँ सापटी दिएका थिए । तर उनीहरुले पैसा तिर्न सकेका थिएनन् ।

    मंगलबार विदुर, जगतबहादुर, कान्छामान र आशमान पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टमा बसेका थिए । त्यहाँबाट जगतबहादुर, कान्छामान र आशमानले विदुरको पैसा तिर्ने उद्देश्यले आआफ्नो घरमा फोन गरी आफू अपहरणमा परेको भन्दै साढे ३ लाख रुपैयाँ लिएर आउन भनेका थिए । तर उनीहरुका पत्नीहरु पतिको अपहरण भएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गर्न आइपुगेका थिए ।

    एसपी राठौरका अनुसार प्रहरीले खोजी गर्दा उनीहरु पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टमा बसिरहेको फेला परेका थिए । प्रहरीले विदुर र उनीसँग लेनदेन कारोबार भएका ३ जना र रिसोर्टमा सँगै बसेका दिलिप र भोलालाई पनि पक्राउ गरेको हो । उनीहरुमाथि अभद्र व्यवहारमा अनुसन्धान सुरु गरेको राठौरले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस