प्लटिङको पर्खाल भत्कदा काभ्रेका २ जनाको मृत्यु

Post Thumbnail
  • २०७८ चैत्र १९, शनिबार मा प्रकाशित ४ साल अघि
  • ६६१ पाठक संख्या

  • भक्तपुरको ताथलीमा प्लटिङका लागि पर्खाल लगाउने क्रममा ढिस्कोले पुरिएर काभ्रेका २ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँ पालिका–३ घरभई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घरभई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

    उनका अनुसार जग्गामा पर्खाल लगाउने क्रममा अचानक आएको ढिस्कोले पुर्दा दुई जनाको मृत्यु भएको र उनीहरूको राति ७ः३० बजेसम्म घट्नास्थलमै शवको पहिचान तथा मुचुल्का उठाउने काम भएको छ।

    मजदुरको बिमा नभएको, जथाभावी प्लानिङ गरेर ज्यान गएको भन्दै प्लानिङको स्वीकृति दिनेदेखि प्लानिङ गर्ने र पर्खालको ठेक्का लिने सबैको घट्नामा लापर्वाही भएको स्थानीयले आरोप लगाए ।

    प्रतिक्रिया दिनुहोस