शंकास्पद बस्तु शेनाद्वारा डिस्पोज, अरनिको राजमार्ग सुचारु

Post Thumbnail
  • २०७८ फागुन १६, सोमबार मा प्रकाशित १ साल अघि
  • ४४२ पाठक संख्या

  • अरनिको राजमार्ग अन्तर्गत बनेपा १० पुलवजारको बिच सडकमा ‘नो एमसीसी’ लेखिएको शंकास्पद बस्तु नेपाली शेनाले डिस्पोज गरेको छ । डिस्पोज पछि अवरुद्ध अरनिको राजमार्ग सुचारु भएको छ । शंकास्पद बस्तु नेपाली सेनाको कालीजंग गण धुलीखेलबाट खटेको सहसेनानी अजय परियारको टोलीले निष्क्रिय पारेको हो ।

    त्यस्तै पुलबजारमा शंकास्पद बस्तु राख्ने महाभारत गाउँपालिका वडा नम्बर ६ का युगान्त लामा र बिके सिंहलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

    हिजो संसदबाट एमसीसी पास भएपछि ६ राजनैतिक दलले आज नेपाल बन्दको आयोजना गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस