
सामाजिक बिकृती विसंगती फैलाउने तथा समाजिक मर्यादामा खलल पार्ने खालकाअनैतिक गतिबिधिहरु सञ्चालन गर्ने बनेपाका तीन होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बनेपा नगरबासीले प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले जाँच गर्ने क्रममा बनेपा १० पुलबजारमा रहेको अरनिको होटल एण्ड गेष्ट हाउसका सञ्चालक बर्ष ४९ को गोकुल पराजुली, बनेपा ७ गोदामचोक नाम नराखिएको चिया नास्ता खाजा घरको सञ्चालक वर्ष ४१ की चन्चला महत तथा बनेपा ८ मा बनेपा बसपार्क पछाडी संचालित नाम नराखिएको क्याफे होटल संचालक वर्ष ४२ की मनमाया तामाङलाई पक्राउ गरेको हो ।
्
अनैतिक व्यबसायमा संलग्न भएको होटल संचालकहरुलाई कानुन बमोजिम कार्वाहि हुने जिल्ला प्रहरीका सूचना अधिकारी डिएस्पी हरि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस