धुलिखेल/अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष २०८२÷८३ को लागि काभ्रे जिल्लामा १३ पालिकामा ५ अर्ब ४२ करोड ११ लाख रुपैंया बजेट पठाएको छ ।
मन्त्रालयले ६ वटा नगरपालिकालाई २ अर्ब ९३ करोड ७४ लाख र ७ वटा गाउँपालिकालाई २ अर्ब ४८ करोड ३७ लाख रुपैंया गरी जिल्लामा कूल ५ अर्ब ४२ करोड ११ लाख रुपैंया बजेट पठाएको हो । यो रकममा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान अर्थात पुँजीगत प्रकृति रहेको छ । बनेपालाई ५९ करोड ५१ लाख रुपैंया, मण्डनदेउपुरलाई ५१ करोड ३५ लाख रुपैंया, पनौतीलाइई ४९ करोड ७९ लाख रुपैंया, धुलिखेललाई ४७ करोड २२ लाख रुपैंया, नमोबुद्धलाई ४४ करोड ५ लाख रुपैंया र पाँचखाललाई ४१ करोड ८२ लाख रुपैंया बजेट पठाएको हो । बनेपाले सूत्रमा आधारित अनुदान १० करोड ८३ लाख, पनौतीले ४९ करोड १६ लाख पाएका छन् ।
यसैगरी, गाउँपालिकाहरुमध्ये चौँरी देउरालीलाई ४७ करोड ११ लाख रुपैंया, रोशीलाई ४४ करोड ८१ लाख रुपैंया, तेमाललाई ३४ करोड २६ लाख रुपैंया, बेथानचोकलाई ३३ करोड ३९ लाख रुपैंया, भुम्लुलाई ३२ करोड ६५ लाख रुपैंया, महाभारतलाई ३१ करोड १५ लाख रुपैंया र खानीखोलालाई २५ करोड रुपैंया बजेट पठाएको हो ।
प्रतिक्रिया दिनुहोस