काभ्रेमा संचालित सहकारीका ब्यवस्थापकहरुको गोष्ठी सम्पन्न

Post Thumbnail
  • २०७९ अषाढ ६, सोमबार मा प्रकाशित २ साल अघि
  • २८६ पाठक संख्या

  • काभ्रे जिल्लामा संचालित सहकारीका ब्यवस्थापकीय प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठी सम्पन्न भएको छ ।

    सहकारीमा प्रभावकारी वित्तिय संरचना, राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका, प्रभावकारी ऋण असुली, सहकारीमा मोबाईल बैकिङ्गको प्रयागे लगायतका बिषयमा अन्तरक्रिया तथा प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा प्रभावकारी वित्तीय संरचनाको विषयमा विषय विज्ञ कुवेर निरौलाले, राष्टिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका विषयमा डा. देवराज रोकाले, प्रभावकारी ऋण असुली विषयमा प्रकाश पोखरेलले र सहकारीमा मोबाइल बैंकिङ विषयमा सन्जय महासेठले प्रस्तुति दिएका थिए ।

    कार्यक्रममा ज्ञानेन्द्र दाहालले काभ्रेको सहकारीको विकासको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको आयोजना तथा कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको व्यस्थापनमा आयोजित गोष्ठीमा जिल्लाभरमा संचालित सहकारी संस्थाहरुका १२९ जना प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापकीय प्रमुखहरुको सहभागिता रहेको थियो ।

    गोष्ठीको उद्घाटन पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए । कार्यक्रम उद्घाटनको क्रममा जिल्ला सहकारी संघ, काभ्रेका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको गोष्ठीको उद्घाटन समारोहमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बी बस्नेत, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ काभ्रेका सल्लाहकारहरु टिकाबल्लभ सापकोटा, विनोद पराजुली, मुकुन्दप्रसाद दाहाल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जितेन्द्र नकर्मी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, काभ्रेका अध्यक्ष विधान जोशी लगायतले मन्तब्य राखेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस