सानिमा बैंकको ९६ औं शाखा पाँचखालमा

Post Thumbnail
  • २०७८ फागुन १६, सोमबार मा प्रकाशित १ साल अघि
  • ३५७ पाठक संख्या

  • सानिमा बैंक लिमिटेडले कृषि नगर पाँचखालमा नयाँ शाखाको शुभारम्भ गरेको छ ।

    पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले एक कार्यक्रमका बिच बैकको शुभारम्भ गरे ।

    कार्यक्रममा बैंक सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं र पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीको सहभागिता रहेको थियो । पाँचखालको शाखा ९६ औं रहेको बैंकले जनाएको छ ।

    शाखाको उद्घाटनपछि नगर प्रमुख महेश खरेलले १८ वर्ष अगाडि गैर आवासीय नेपालीहरु तथा व्यापारिक वर्गबाट राष्ट्रियस्तरको विकास बैंक हुँदै सन् २०१२ मा सुरु भएको ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा पाँचखाल नगरमा सुरु भएकोमा खुशी भएको बताए । अन्य वाणिज्य बैंकहरुबाट प्रदान गरिने बैकिङ्ग सेवाभन्दा पृथक तरिकाका सेवासुविधाहरु उपलब्ध गराएर पाँचखालमा सेवा दिनु हुनेमा आशावादी रहेका बताउँदै पाँचखाल कृषिमा आधारित नगर भएको हुँदा बैंकले यहाँका साना तथा मझौला कृषकहरुका साथै व्यावसायिक कृषकहरुलाई कृषि कर्जालगायतका सुविधाहरु छिटो छरितो र झन्झटरहित तरिकाले उपलब्ध गराउन अनुरोध गरे ।

    कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले सानिमा बैंकले ७ वटै प्रदेशमा ९६ वटा शाखा तथा २८ वटा एक्सटेन्सन काउन्टर र १०३ वटा एटिएममार्फत कर्पोरेट तथा खुद्रा ग्राहकहरुलाई बैंकिङ तथा वित्तीय सेवाहरु उपलब्ध गराउँदै आएको जानकारी दि । उनले ‘पाँचखाल शाखाले कृषिक्षेत्रमा लगानीलाई विशेष प्राथमिकता दिने तथा त्यसबाहेक वाणिज्य बैंकले प्रदान गर्ने सबै सेवा सुविधाहरु पाँचखाल शाखाबाट प्रदान साथै चाँडै नै एटिएम सुविधा पनि उपलब्ध हुने जानकारी दिए ।

    पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीले पाँचखालमा उद्योग र व्यवसायहरु फस्टाउने क्रमसँगै बैंक तथा वित्तिय संस्थाहरुको आकर्षण बढ्न थालेकोमा खुशी व्यक्त गरे ।

    कार्यक्रममा बैंकको उपत्यकाका शाखाहरु हेर्ने प्रमुख कबिन्द्र पाल, बनेपा शाखा प्रबन्धक सञ्जय सापकोटा र पाँचखाल शाखा प्रबन्धक सुरेश घिमिरेलगायतले पाँचखालमा बैंकको शाखा स्थापनाको औचित्य र प्रदान गरिने सेवाहरुबारेमा जानकारी दिएका थिए ।

    कार्यक्रममा पाँचखाल नगरपलिकाका वडा वडाअध्यक्षहरु सुन्दर अधिकारी र बालकृष्ण सापकोटाका, पत्रकार साथै पाँचखाल बजारका व्यवसायीहरुलगायत कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस