सुलभ मूल्यमा आकर्षक प्याकेज : धुलिखेल इको रिसोर्ट

Post Thumbnail
  • २०७८ माघ २३, आईतबार मा प्रकाशित ३ साल अघि
  • ८४१ पाठक संख्या

  • के तपाई बिदा मनाउन, रमाइलो गर्न, पिकनिक, पारिवारिक वा अफिसियल ‘नाइट स्टे’ जाने सोचमा हुनुहुन्छ ? यदि हुनुुहन्छ भने धुलिखेलमा रहेको धुलिखेल इको रिसोर्टले आकर्षक अफरहरु ल्याएको छ । इको रिसोर्टले सुलभ मूल्यमा आकर्षक प्याकेजहरु ल्याएको छ ।

    इको रिसोर्टले ३ हजार २५० रुपैयाँ तिरे बेड एण्ड ब्रेकफाष्ट र ४ हजार हो भने बेड, ब्रेकफास्ट र डिनर उपलब्ध हुनेछ । जोडीहरुका लागि आकर्षक प्याकेज उपलब्ध गराउने गरेको धुलिखेल इको रिसोर्टका म्यानेजर सन्दीप लुइँटेलले जानकारी दिए । इकोमा ४० जना क्षमताको सेमिनार हल, ग्रुप रुम, इनडोर तथा आउटडोर गार्डेन, लाइभ बार्बिक्यूका साथै क्याम्पफायरको सेवा सुविधा, सफा रुम समेत रहेको छ । खानामा थकाली खाना सेट, बँदेल, लोकल माछा, मटन कसौडी (लोकल खसी) लगायतका परिकारहरु उपलब्ध हुने उनले बताए ।

    धुलिखेल इको रिसोर्टका म्यानेजर लुइँटेलले मनोरञ्जनका लागि पुग्ने आन्तरिक पर्यटक भरपुर मनोरञ्जन गरेर फर्कने गरेको बताउँछन् । उनका अनुसार रिसोर्टले धुलिखेल साइड सिनदेखि जिपलाइसम्मका प्याकेजहरु प्रस्तुत गरेको छ । त्यस्तै होटलले हाईकिङको सुविधा जस्तै नमोबुद्ध, देविस्थान, भट्टेडाँडा, नगरकोट सम्मको तथा दोलालघाट तथा नेपालथोकमा र्याफ्टिङको सुविधा होटलले कन्ट्याक वेशमा सुविधा दिनेछ । होटलमा कल्चरल डान्स तथा लाईभ म्युजिक समेत सञ्चालन हुनेछन् ।

    लुइटेलका अनुसार शुक्रबार र शनिबार भने रिसोर्ट पूर्ण क्षमतामा चलिरहेको छ । रिफ्रेसमेन्ट टूरका लागि मात्रै होइन बैठक, सेमिनार, तालिम गोष्ठी लगायतका लागि पनि धुलिखेल रोजाइको गन्तव्य बन्ने गरेको छ । कुनै कार्यालय, संघसंस्था तथा कोही समूह मिलेर समेत रिफ्रेसमेन्टका लागि धुलिखेल पुग्ने गरेका छन् । धुलिखेलमा बनेको जिपलाइनले पनि आन्तरिक पर्यटक तानेको छ ।

     

    प्रतिक्रिया दिनुहोस