यस वर्षको मदन पुरस्कार नवराज लम्सालको महाकाव्य अग्‍निलाई

Post Thumbnail
  • २०७९ भाद्र ११, शनिबार मा प्रकाशित ३ साल अघि
  • ५७२ पाठक संख्या

  • यस वर्षको मदन पुरस्कार डा. नवराज लम्सालको महाकाव्य अग्निलाई प्रदान गरिने भएको छ ।

    मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले लम्सालको कृति अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

    यस वर्ष मदन पुरस्कारको सर्ट लिस्टमा ८ पुस्तक परेका थिए । जसमा डा। दामोदर पुडासैनी किशोरु को ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश, सुजित मैनालीको सती : इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली थिए ।

    त्यस्तै जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित भएको उदयका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

    दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस