२०८३ कार्तिक २२, आईतबार  | Sun, 08, Nov, 2026

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन

Post Thumbnail
  • २०७९ भाद्र ४, शनिबार मा प्रकाशित ४ साल अघि
  • ६२८ पाठक संख्या

  • नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरीको ललितपुरको नख्खु स्थितमेडिसिटी अस्पतालमा शनिबार राति ९:३६ मा निधन भएको अस्पताल स्रोतले बताएको छ ।

    उनलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो । विगत तीन सातादेखि गिरीको उपचार भइरहेको थियो ।

    लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् । घाँटीकोक्यान्सरबाट पीडित उनलाई निमोनिया पनि देखिएको थियो ।

    उनको जीवन , ब्यक्तित्व , बिचार र बाणी सबैको लागि र सधैंको लागि प्रेरणाको श्रोत तथा पथप्रदर्शक बन्नेछ ।

    हार्दिक हार्दिक श्रद्धान्जली मीडियाचोकको तर्फबाट

    प्रतिक्रिया दिनुहोस


    ↑