२०८३ आश्विन ४, आईतबार  | Sun, 20, Sep, 2026

स्थापना दिवसमा पत्रकार महासंघ काभ्रेको दिपप्रज्वलन

Post Thumbnail
  • २०७८ चैत्र १६, बुधबार मा प्रकाशित ४ साल अघि
  • ६०४ पाठक संख्या

  • नेपाल पत्रकार महासंघ काभ्रे शाखाले महासंघको ६७ औं स्थापना दिवसमा दिप प्रज्वलन गरेको छ ।

    बनेपाको चार दोवाटोमा आफ्नो स्थापना दिवसको अवसर पारेर काभ्रे लगायत देशभर पत्रकारीताको क्षेत्रमा योगदान दिएका विभिन्न कारणले मृत्युबरण गरेका पत्रकारहरुको सम्झनामा दिप प्रज्वलन गरिएको नेपाल पत्रकार महासंघ काभ्रे शाखाका कार्यबहाक अध्यक्ष विनोद न्यौपानेले जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, महासंघका कार्यबहाक अध्यक्ष न्यौपानेले स्थापना दिवस बारे मन्तब्य राखेका थिए ।

    दिप प्रज्वलन कार्यक्रममा जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस