स्थानीय तह निर्वाचनमा भाग लिनका लागि ८० वटा दलले गरे निर्वाचन आयोगमा दर्ता (लिष्टसहित)

Post Thumbnail
  • २०७८ फागुन १६, सोमबार मा प्रकाशित ४ साल अघि
  • ८९८ पाठक संख्या

  • स्थानीय तह निर्वाचनमा भाग लिनका लागि ८० राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका छन् ।

    निर्वाचन आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ ।

    २०७९ बैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तह निर्वाचनमा भाग लिन राष्ट्रिय दल मान्यता प्राप्त नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहित साना दलले निर्वाचनमा भाग लिन निवेदन दिएका हुन् ।

    आयोगले राजनीतिक स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने दलहरूलाई फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको निवेदन दिन समय निर्धारण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस