२०८३ आश्विन ४, आईतबार  | Sun, 20, Sep, 2026

मतदाता नामावली अद्यावधिकका लागि समय अवधि सार्वजनिक

Post Thumbnail
  • २०७८ फागुन १३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • १२५४ पाठक संख्या

  • निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक (दाबी विरोध) का लागि समय अवधि सार्वजनिक गरेको छ ।

    निर्वाचन कार्यालय काभ्रेले अद्यावधिक (दाबी विरोध) को समय फागुण १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।

    कार्यक्रममा जानकारी दिईए अनुसार नामावली हेर्ने, त्रुटी सच्याउने, दोहोरो हटाउने, मृत्यु भएका व्यक्तिको नाम हटाउने र दाबी विरोध गर्न पाइनेछ ।
    त्यस्तै नयाँ नाम थप्न र सार्न भने नपाइने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

    जिल्ला निर्वाचन कार्यालय काभ्रे धुलिखेलमा फागुण २० गतेदेखि २२ गतेसम्म निवेदन दिन सकिनेछ । त्यस्तै मृत्युको हकमा भने फागुण २० गतेदेखि २३ गतेसम्म निवदेनका लागि समय निर्धारण गरिएको छ ।

    कार्यालयले वेवसाइट तथा जिल्ला निर्वाचन कार्यालयको फेसबुक पेज, पालिकाको केन्द्र तथा वडा कार्यालयमानिवेदनको ढाँचा पाईने बताउँदै त्यहि अनुसारको सहजीकरण हुने जनाएको छ ।

    धुलिखेलमा दावी विरोधबारे जानकारी दिने उदेश्यले आयोजना भएको अन्तर्क्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव के.सी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, प्रमुख सेनानी मिलन थापा, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी पत्रकार, राजनैतिक दलका प्रतिनिधि, गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस