२०८३ कार्तिक १३, शुक्रबार  | Fri, 30, Oct, 2026

कर्माचार्य र दुवाललाई सयपत्री राष्ट्रिय सम्मान प्रदान गरिने

  • २०८३ कार्तिक १२, बिहिबार मा प्रकाशित २१ घण्टा अघि
  • ५६ पाठक संख्या

  • बनेपा/यस वर्षको सयपत्री राष्ट्रिय सम्मान वरिष्ठ कलाकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपती केके कर्माचार्य र उहाँकी जीवन संङगिनी रीना कर्माचार्य त था काभ्रेली साहित्यकार, लेखक सृजना दुवाल र उहाँका श्रीमान संगितकार सन्तोषभक्त श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

    जनागालमा २०५१ सालमा स्थापना भएको सयपत्री प्रतिष्ठान नेपालले २०५५ सालदेखि जनागालमा साहित्यिक कार्यक्रम संचालन गरि प्रत्येक वर्ष सयपत्री राष्ट्रिय सम्मानबाट वरिष्ठ श्रष्टा एक जना र काभ्रेली श्रष्टा एक जनालाई दम्पत्ती सहित महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर सम्मान गर्दै आएको छ । प्रतिष्ठानले आगामी कार्तिक २१ गते महाकवि देवकोटाको ११८औंं जन्मजयन्तीको अवसरमा जनागालमा कार्यक्रम आयोजना गर्न लागेको र यस वर्षको कार्यक्रम नेपालका प्रख्यात संस्कृतिविद् तथा इतिहासकार संस्कृत शिरोमणी हरिराम जोशीको प्रमुख आतिथ्यमा एक साहित्यिक कार्यक्रमका वीच उहाँहरुलाई सम्मान गरिने र कार्यक्रममा राष्ट्र तथा जिल्लाका श्रष्टाहरुको रचना वाचन समेत हुने अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

    सम्मानमा सयपत्रीको माला, दुवोको माला, दोसल्ला, सम्मान पत्र, तिहारको मसला, फलफुल र बाटो खर्च ५००१ रहेकोछ । वरिष्ठ साहित्यका र जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको संयोजनमा हुदै आएको सयपत्री राष्ट्रिय सम्मानबाट दैवज्ञराज न्यौपाने, भरतमणी जंगम, कृष्णप्रसाद पराजुली, घनश्याम राजकर्णिकार, राष्ट्रकवि माधवप्रसाद घिमिरे र महाकाली घिमिरे दम्पती, कृष्णचन्द्र सिहं प्रधान, रमेश विकल, चित्तरञ्जन नेपाली, माधवलाल कर्माचार्य, तुलसी दिवस, गीता केशरी, डा. ओमविर बस्न्यात, शेषराज शिवाकोटी, आनन्ददेव भट्ट, डा. तुलसी भट्टराई, मोहन दुवाल तथा भारती श्रेष्ठ (दम्पत्ति) र डा. कृष्णप्रसाद (विराज)भट्टराई (दम्पत्ति), मोदनाथ प्रश्रित दम्पती र परशु प्रधान, दम्पती, मञ्जुल तथा सुस्मिता नेपाल (दम्पत्ति) र डा. खगेन्द्र प्रसाद लुइटेल तथा लीला लुईटेल(दम्पत्ति), कपिल अज्ञात, डा. गणेशकुमार पौडेल, डा.रामप्रसाद ज्ञवाली तथा उषा पन्थी (दम्पत्ति), अर्जुन पराजुली तथा उर्मिला घिमिरे (पराजुली) (दम्पत्ति), चन्दकला नेवा, डा.डिबि श्रेष्ठ(दम्पत्ति), माया ठकुरी÷इ.दामोदर शर्मा(दम्पत्ति), एसपी आशा दम्पती र हरिप्रसाद पाण्डे दम्पती, नरेन्द्रबहादुर श्रेष्ठ, तथा निरु श्रेष्ठ दम्पती, विष्णुबहादुर ठकुरी तथा पुष्पा सिंह(दम्पत्ति), चन्द्रप्रसाद न्यौपाने दम्पत्ति र मच्छेश्वर सापकोटा तथा सरस्वती सापकोटा, प्रा. डा सुरेशराज शर्मा दम्पत्ति र ज्ञानकाजी मानन्धर दम्पत्ति, प्रा. डा गोविन्दराज भट्टराई र डा.अन्जना भट्टराई दम्पत्ति, छविरमण सिल्वाल तुलसादेवी मैनाली दम्पत्ति, गंगा सुवेदी दिनेश सुवेदी दम्पत्ति, सूर्यप्रसाद लाकोजू दम्पती, स्नेह सायमी लक्ष्मी माली दम्पती, डा. सुमनराज ताम्राका र चण्डेश्वरी श्रेष्ठ दम्पत्ति, प्रा.डा अभि सुवेदी र विन्दु सुवेदी दम्पत्ति, रामसुन्दर देउजा र सावित्री देउजा दम्पत्ति, प्रा.डा जीवेन्द्रदेव गिरी र पार्वती गिरी दम्पत्ति, प्रभात सापकोटा सरस्वती सापकोटा दम्पती, प्रा.डा रामप्रसाद दाहाल र चन्दा कोइराला दाहाल दम्पती र डा. अनन्तप्रसाद अधिकारी र नर्वदा खनाल अधिकारी दम्पती गरी ७८ जनालाई यस अघि सम्मान गरि सकेको छ ।

    श्रष्टाहरुको श्रीमानश्रीमतीलाई एउटै मन्जमा राखि एक अर्काले दुबोको माला लगाई गरिने सयपत्रीको दम्पती सहितको राष्ट्रिय सम्मानलाई सबैले रुचाउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ↑