२०८३ भाद्र २९, सोमबार  | Mon, 14, Sep, 2026

विश्वकर्मा पूजाको अवसरमा BMK ड्राइभिङ स्कुलले विशेष कार्यक्रम गर्दै

  • २०८३ भाद्र २९, सोमबार मा प्रकाशित ८ घण्टा अघि
  • ३९ पाठक संख्या

  • काभ्रे । विश्वकर्मा पूजाको अवसरमा बनेपास्थित BMK ड्राइभिङ स्कुलले पूजा तथा शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ।

    स्कुलका अनुसार कार्यक्रम २०८३ असोज १ गते बिहीबार दिउँसो १२ः३० बजे बनेपा तीनदोबाटोबाट सिनागाल जाने बाटोस्थित स्कुल परिसरमा आयोजना हुनेछ।

    विश्वकर्मा पूजाका अवसरमा आयोजना हुने कार्यक्रममा स्कुलका प्रशिक्षार्थी, शुभेच्छुक तथा स्थानीयको सहभागिता रहने जनाइएको छ।

    विगत १० वर्षदेखि ड्राइभिङ प्रशिक्षण सेवा सञ्चालन गर्दै आएको स्कुलले पूजाको अवसरमा नयाँ प्रशिक्षार्थीका लागि प्रशिक्षण शुल्कमा ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने जनाएको छ।

    स्कुलले कार्यक्रमका लागि सम्बन्धित प्रशिक्षार्थी, शुभेच्छुक तथा सर्वसाधारणलाई उपस्थित हुन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस