मन्त्रीद्वयद्वारा बीपी राजमार्ग अनुगमन

  • २०८३ श्रावण ९, शनिबार मा प्रकाशित ९ घण्टा अघि
  • १३ पाठक संख्या

  • काभ्रे । बागमती प्रदेशका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमद्वारा शनिबार विपी राजमार्गको अनुगमन गरेका छन् ।
    बीपी राजमार्गको वर्तमान अवस्था तथा पुनर्निर्माण कार्यको प्रगतिबारे जानकारी लिँदै अनुगमनका क्रममा मन्त्रीद्वयले सम्बन्धित निकायका अधिकारीसँग राजमार्गको क्षति, सञ्चालन अवस्था तथा पुनर्निर्माणको प्रगतिबारे जानकारी लिएका छन् । पूर्वाधार विकास मन्त्री लम्सालले निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएर छिटोभन्दा छिटो काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    वर्षायामका कारण प्रभावित बनेको विपी राजमार्गलाई सुरक्षित र सहज रूपमा सञ्चालनमा ल्याउन आवश्यक समन्वय र प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस