काठमाडौं/ राष्ट्रिय सहकारी नियमन प्राधिकरणले दर्ता अभिलेखीकरण प्रकृया चैत्र १७ गतेदेखि बन्द गर्ने भएको छ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण गर्न २०८२ मंसिर १० गतेदेखि। प्रारम्भ गरेको थियो ।
प्राधिकरणले सूचना जारी गर्दै तोकिएको समयावधि भित्र सम्पूर्ण विवरणहरु प्रविष्ट गरेका सहकारी संस्थाहरुको मात्र विवरण रुजु गरी इजाजत पत्र प्रदान गर्ने जनाएको छ।
सूचनामा भनिएको छ, ‘ बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ को दफा ३ (४) को व्यवस्था बमोजिम थप गरिएको समयावधि २०८२ चैत्र १७ गते सम्म रहेको विविदै छ। यस अवधि भित्रमा सम्बद्ध सबै सहकारी संस्थाहरुले अभिलेखीकरणका लागि तोकिए बमोजिम लाग्ने दस्तुर भुक्तानी गरेको बैंक भौचर र तोकिएको विवरण समेत प्रविष्ट गरी सक्नु पर्नेछ। कुनै संस्थाले तोकिएको अवधी भित्र दस्तुर भुक्तानी गरीसके पनि कुनै कारणवश पूर्ण विवरण प्रविष्ट गर्न बाँकी रहेमा मिति २०८३/०१/१७ गते सम्म पूर्ण विवरण प्रविष्ट गर्न सक्नेछ । तोकिएको समयावधि भित्र सम्पूर्ण विवरणहरु प्रविष्ट गरेका सहकारी संस्थाहरुको मात्र विवरण रुजु गरी इजाजत पत्र प्रदान गरिने छ।’

प्रतिक्रिया दिनुहोस