सफलताको आधार निरन्तरको प्रयासलाई मान्दछु

  • २०८२ चैत्र ५, बिहिबार मा प्रकाशित ७ घण्टा अघि
  • ५० पाठक संख्या


  • १. तपाईंलाई हामीले कसरी चिन्न सक्छौँ ?
    म उमेश आचार्य, धुलिखेलमा बस्दछु, पेशाले सहकारीकर्मी हुँ, ३१ वर्षको भए, अर्थशास्त्रमा स्नातकोत्तरसम्म गरेको छु ।

    २. दिनको सुरुवात कसरी हुन्छ
    साँचो भन्नु पर्दा बिहान उठ्ने बित्तिकै मेरो हातमा फोन हुन्छ तर अलार्म बन्द गर्नको लागि हाहा । बिहान ५ बजे उठ्छु, आफ्नो नित्य कर्म सकेर मन्तातो पानी १ गिलाँस पिउँछु, कहिले काही चिनी बिनाको कालो कफी लिन्छु । अनि १ देखि २ घण्टा हिड्ने, कुँद्ने, केही शारिरिक व्यायाम गर्ने, सोही समयमा केही संगीत सुन्ने, प्रकृतिको भरपुर आनन्द लिने र प्रत्येक दिन सूर्योदयसँग पत्यक्ष साक्षत्कार गरेर म दिनको शुरुवात गर्दछु । मैले यसरी दिनको शुरुवात गरेको ५ वर्ष पुरा भयाे ।

    ३. ‘सफल जीवन’ के हो ?
    हो म यही प्रश्नको जवाफ पाउनको लागि निरन्त प्रयासरत छु । वास्तवमा सफलताको आधार निरन्तरको प्रयासलाई मान्दछु । सफलता चाँहि कसरी मापन गरिन्छ थाहा छैन । कुनै मानिस जहिलेसम्म निरन्तर प्रयासरत रहन्छ त्यस दिनसम्म सुखी देखिन्छ, सफल र सम्पन्न देखिन्छ तर जुन दिन निरन्तरता टुट्दछ त्यस दिन देखि उसको जीवन केही खस्किन्छ । यो कुरा स्वस्थकर जीवनशैली, व्यवहारिक जीवन, व्यावसायिक जीवन, सन्बन्ध सबै कुरामा लागू हुन्छ ।

    ४. पैसा, प्रसिद्धि कि मानसिक शान्ति ?
    साधारण जीवनयापन गर्न पुग्ने पैसा, आफ्नो पेरीफेरीमा राम्रो छवी बनोस्, कम्तिमा त्यतिको प्रसद्धि र सुखी जीवन बिताउनको लागि मानसिक शान्ति । एक नम्बर चाँहि मानसिक शान्ति यत्ति भए जीवनमा सबै सम्भव हुन्छ ।

    ५. फुर्सदको समयमा के गर्न रुचाउनुहुन्छ ?
    खासै फुर्सदको समय अनुभव नै गरेको हुन्न । खालि भएपनि केही न केही नयाँ काम गरौं जस्तो लाग्छ । असाध्यै थकित हुँदा चाँहि गीत सुन्न रुचाउँछु यसले मनलाई आनन्दित तुल्याउँछ ।

    सबै मानिसहरु जो बिहान अबेरसम्म ओछ्यानमा मोबाईल चलाएर बित्दछ,
    उनीहरु आफ्नो स्वस्थ्यको लागि हिँड्ने, व्यायाम गर्ने, स्वस्थकर जीवन शैली
    बिताउने गरेको देख्ने ठूलो सपना छ ।

     

    ६. दिनमा औसत कति घण्टा सामाजिक सञ्जालमा बिताउनुहुन्छ ?
    यो प्रश्न हेरिरहँदा मैले मेरो फोनको स्किन टाईम खोलेर हेरें औषतमा १ देखि १.३० घण्टा बित्ने रहेछ, तर यो समयमा म आफ्नो भिडियो सामाग्रीहरु पनि समाजिक सञ्जालमा प्रस्तुत गर्छु, यसको लागि मलाई आधा घण्टा जति समयलाग्छ । बेलुकाको समयमा केही महत्वपूर्ण कमेन्टहरु छन भने त्यसको प्रतिक्रिया दिन्छु अनि समसामायिक विषयहरुमा अद्यावधिक हुन्छु ।

    ७. टिकटक, इन्स्टाग्राम वा युट्युब तपाईंलाई सबैभन्दा बढी कुन मन पर्छ र किन ?
    सबै सामाजिक सञ्जाल उत्तिकै महत्वपूर्ण छन् म कुनै एकलाई मात्र प्राथमिकता मा राख्न सक्दिन । तर मैले धेरै मायाँ र सद्भाव चाँहि टिकटक र फेसबुकमा पाएको छु । तर सामाजिक सञ्जालको सकारात्मक प्रयोग गर्ने हो भने सबै आफैंमा महत्वपूर्ण छन् ।

    ८. यात्राको कुरा गरौ, ‘ड्रिम डेस्टिनेसन’ कहाँ हो ?
    यात्रा गर्न मलाई असाध्यै मन पर्छ तर साँच्चै भन्दा म व्यक्तिगत काममा यति दृढ हुन्छु कि अहिलेसम्म त्यस्तो धेरै घुमफिर गरेको अनुभव पनि छैन । तर मलाई मुस्ताङ पुग्न साह्रै मन छ, म त त्यहाँसम्म पनि पुगेको छैन नि हाहा ।

    ९. तपाईंको ‘कम्फर्ट फूड’ के हो ?
    बिहान सादा खाना, दिउँसो दही चिउरा, बेलुका ठिक्क सादा खाना, बस् यति ।

    १०. युवाका चुनौति के देख्नुहुन्छ ?
    अधिकतम् सामाजिक सञ्जालको प्रयोग, सकारात्मक, नकारात्मक मिश्रित कन्टेन्ट, धैर्यताको कमी, देश मै केही गर्न सकिन्छ भन्ने भावनाको कमी, केही गलत साथी सँगती, अस्वस्थकर खानपान ।

    १. तपाईंको जीवनको सबैभन्दा ठूलो सपना के हो ?
    असम्भव छ तर सपना ठूलै देख्नुपर्छ भन्ने भनाईलाई सापट लिएर भन्छु एक दिन विश्वमा सबै मानिसहरु जो बिहान अबेरसम्म ओछ्यानमा मोबाईल चलाएरबित्दछ, उनीहरु आफ्नो स्वस्थ्यको लागि हिँड्ने, व्यायाम गर्ने, स्वस्थकर जीवन शैली बिताउने गरेको देख्ने ठूलो सपना छ ।

    १२. चिया कि कफी ?
    कालो कफी चिनी रहित हाहा ।

    १३. अन्तिममा केही भन्न रुचाउनुहुन्छ ?
    त्यस्तो केही छैन, तर बिहान सबेरै उठ्ने बानि बसाल्नुहोस, बिहानको समयमा स्वस्थ्यको लागि कम्तिमा १ घण्टा लगानी गर्नुहोस । बिहान सम्भव हुँदैन भने कम्तिमा दिनको एक घण्टा । अनि महत्वपूर्ण कुरा जीन्दगीमा महत्वपूर्ण चाँहि निरन्तरता नै हो है हजुर । एक दिन एक महिनम, एक वर्षमा केही जादु हुँदैन जीवन रहँदासम्म निरन्तर प्रयास आवश्यक छ । फेसबुक अथवा टिकटक चलाउनुहुन्छ भने One more step, One more breathe  भन्ने अभियानमा जोडिनको लागि सबैमा अनुरोध गर्दछु ।

    प्रतिक्रिया दिनुहोस