माओवादी केन्द्र काभ्रेको उम्मेदवार भेटघाट तथा अगुवा कार्यकर्ता प्रशिक्षण

Post Thumbnail
  • २०७९ कार्तिक १२, शनिबार मा प्रकाशित १ साल अघि
  • ९२ पाठक संख्या

  • नेकपा माओवादी केन्द्र काभ्रे प्रतिनिधि सभा २ को आयोजनामा बनेपामा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार भेटघाट तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिएको छ ।

    शनिबार बनेपामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव लीलामणि पोखरेलले अहिले सम्मको सबै खाले उपलब्धि को रक्षाको लागि निर्वाचनमा सहभागि भएर लोकतान्त्रिक–बाम गठबन्धन निर्वाचनमा रहेको बताउँदै सबैलाई निर्वाचन जिताउन निर्देशन दिए । उनले देशको हितको लागि सबैखाले एजेण्डाहरुमा निरन्तर गठबन्धन रहने बताए ।

    कार्यक्रममा प्रतिनिधि सभा २ का उम्मेदवार शिव हुमगाइले नेपाली जनताबाट लेखिएको संविधान सुरक्षित हुन नसकेको, बहुमत भएको ओली सरकारले दुई दुई पटक संसद विघटन गरेकोमा आज सम्म पनि विघटनबारे एमालेले जवाफ दिन नसकेको बताए । हुमगाइले संबवधान देखि सबै खाले उपलब्धि रक्षा गर्नको लागि लोकतान्त्रिक–बाम गठबन्धनबाट आफ्नो उम्मेदवारी रहेको जनाउँदै अग्रगमन जाने सवलमा प्रतिगमन कारिको मतियार नहुने प्रतिवद्धता ब्यक्त गरे ।

    प्रदेश सभा (ख) का उम्मेदवार कन्चन चन्द्र बादेले विकासका काममा आफु जनता सँगै हुने जानकारी दिए ।

    नेकपा माओवादी केन्द्रका काभ्रे संयोजक भोला अर्यालले प्रशिक्षण कार्यक्रममा अगामी मङ्सिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचन लक्षित राजनीतिक, बैचारिक, साङगठनिक कार्यनीति र रणनीति बनाएर अघि बढ्नको लागि तथा गठबन्धनको उम्मेदवार लाई जिताउने देखि समनुपातिक मत पार्टीलाई धेरै भन्दा धेरै खसाल्नको लागि पार्टीको सबै तह तप्कमा रहेकाहरुलाई सहभागिताको लागि आग्रह गरे ।

    कार्यक्रममा माओवादी केन्द्र प्रतिनिधि सभा समनुपातिक उम्मेदवार मिना तामाङ, दिल सुन्दर श्रेष्ठ र प्रदेश तर्फका समनुपातिक उम्मेदवार रुकु चौलगाई, भोला आर्यल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तेज बहादुर मिजार, डा भरत लमिछाने, बागमती प्रदेश सचिब इन्द्र ब थिङ, केन्द्रिय सल्लाहकार सदस्य सुवास काजी श्रेष्ठ लगायत जिल्लाका बिभिन्न पालिका स्तरको नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभा २ का अध्यक्ष गोपाल घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस