वडास्तरको “जनताको साथमा काँग्रेस”अभियान रोशी २ बाट शुभारम्भ

Post Thumbnail
  • २०७९ भाद्र १९, आईतबार मा प्रकाशित २ साल अघि
  • २५५ पाठक संख्या

  • “जनताको साथमा काँग्रेस”अभियानको वडा स्तरीय अभियान रोशी गाउँपालिकाको वडा नं. २, नारायणटारबाट शुभारम्भ गरिएको छ ।

    रोशीगाउँपालिका वडा नं. २ का नेपाली काँग्रेसका वडा सभापति प्रताप सिं लामाको सभापतित्व तथा नेपाली काँग्रेस प्रतिनिधि सभा र्१ ख’का सभापति चन्द्र लामाको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धनलाई आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन निरन्तर गरिने र गठबन्धनले काँग्रेस पाटीलाई घाटा नभएको परिणाम स्थानीय निर्वाचनबाट देखिएको निचोड निकालिएको थियो ।

    काभ्र्रक्रममा नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेश कका सभापति राम योञ्जन, नेपाली काँग्रेस रोशी गाउँपालिका सभापति दुधराज लामा, प्रतिनिधि सभा १ का सदस्यहरु गोर्खामान लामा,सुरेश लामा, अनिल तामाङ र वडा अध्यक्ष हस्तमान लामा लगायतले आसन्न निर्वाचनलाई सफल बनाउन सम्पूर्ण नेपाली काँग्रेसका क्रियाशिल सदस्यहरु लाग्नु पर्ने भनाई राखेका थिए । उनीहरुले नागरिकता विधयेकको बारेमा समेत वडा स्तरका कार्यकर्ता तथा जनताहरुलाई प्रष्ट पारेका थिए ।

    प्रतिक्रिया दिनुहोस