“जनताको साथमा काङ्ग्रेस”अभियान अन्तर्गत काभ्रेको धुलिखेलमा नेपाली काँग्रेस पार्टी र जनप्रतिनिधि विचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ , प्रदेश क र ख को आयोजनामा धुलिखेलमा नेपाली काँग्रेस पार्टी र जनप्रतिनिधि विचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पार्टीका विभिन्न तहका व्यक्तीहरुले आगामी निर्वाचनमा काभ्रेका लागि गठबन्धन आबश्यक नरहेको, यस अघिका कमीकमजोरी सच्याउँदै अगाडी बढ्नुपर्ने, पार्टी र स्थानीय तह विचमा छलफल र सल्लाह हुनुपर्ने, पार्टी विधान अनुसार चल्नुपर्ने, युवा र महिलालालाई सहभागिता गराउनुपर्ने, भातृसंस्थालाई क्रियाशिल बनाउनुपर्ने, धेरै मत ल्याउन सक्ने लोकप्रिय उम्मेदवार छनौट गर्नुपर्ने, योग्यता, क्षमताका आधारमा नेतृत्व चयन तथा टोल कार्यसमितिलाई सक्रिय बनाउनुपर्ने, कृषकहरुमा रसायनिक मल अभाव भएकोमा पार्टीले सहजीकरण गरिदिनुपर्ने लगायतका गुनासाहरु उठाएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले सबै मिलेर पार्टीलाई बलियो बनाउनुपर्ने बताए । नेता तथा कार्यकर्ताहरुलाई “जनताको साथमा काङ्ग्रेस”अभियानमा सक्रिय सहभागिता जनाएर आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारहरुलाई जिताउन महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे । कार्यक्रममा केन्द्रीय सदस्य गणेश लामाले स्थानीय तहमा जस्तै संघ र प्रदेशमा काँग्रेसलाई पहिलो पार्टी बनाउन सबैलाई अग्रसर हुन अनुरोध गरे । नेपाली काँग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादेले स्थानीय तह जितेर मात्र विकास नहुने जनाउँदै संघ र प्रदेशमा समेत नेपाली काँग्रेसका उम्मेदवारलाई जिताएर विकासबाट पछि नपर्न अनुरोध गरे । नेपाली काँग्रेस काभ्रे प्रतिनिधि सभा २ का सभापति महेश खरेलले “जनताको साथमा काङ्ग्रेस”अभियानलाई सफल सबैजना लागि पर्न अनुरोध गरे । उनले तेरो मेरो नभनी काँग्रेसलाई जिताउन सबैको भूमिका महत्वपूर्ण हुने हुँदा सबैले पार्टीको मर्म अनुसार चल्न निर्देश गरे ।
कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेशका सदस्य गणेश फुयाल, कल्पना खड्का, काँग्रेसका नेता अच्युत पौडेल, नेपाली काँग्रेस काभ्रेका उपसभापति ठाकुर न्यौपाने, नेपाली काँग्रेस काभ्रेका सचिव माधव ढकाल, नेपाल महिला संघको अध्यक्ष शुभलक्ष्मी मानन्धर, प्रदेश सभा उम्मेदवार सुन्दरमणी आचार्य, प्रदेश सभा सभापति रामहरी श्रेष्ठ र हेम लामा, धुलिखेल नगर उपप्रमुख निराजन जंगम, मण्डनदेउपुर नपाका उपप्रमुख विष्णुमणी नेपाल, मण्डनदेउपुर नगर सभापति कश्यप पौडेल, बेथानचोक गाउँपालिकाका सभापति प्रेमबहादुर तिमल्सिना, नेपाली काँग्रेस काभ्रे प्रतिनिधि सभा २ का सचिव आनन्द सापकोटा, नेपाली काँग्रेस काभ्रे प्रतिनिधि सभा २ का सहसचिव दिलिप आचार्य लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेशका सदस्य शान्ता क्षेत्री, होम चौलागाइ सुनिता लामा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, विभिन्न भातृ एवं सुभेच्छुक संघसस्था, स्थानीय पालिकाका वडा अध्यक्ष, गाउँ सभापति तथा वडा सभापतिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस