सेवा प्रवाहका विषयमा रोशीमा सार्वजनिक सुनुवाई

Post Thumbnail
  • २०७९ अषाढ १८, शनिबार मा प्रकाशित ४ साल अघि
  • ५२० पाठक संख्या

  • रोशी गाउँपालिकाले रोशीका नागरिकहरु माझ सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ ।

    रोशी गाउँपालिकाले प्रवाह गर्ने सेवा, पुर्वाधार, सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक क्षेत्रमा सम्पन्न भएका कार्यहरुको सवालमा केन्द्रित रहेर गाउँ पालिकाले आम नागरिकमाझ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा नागरिकबाट शिक्षा, कृषि, पशुपालन, पुर्वाधार बिकास, सूचना, क्रसर तथा उधोग जस्ता विषयमा प्रश्न, गुनासो तथा सुझावहरु आएको थियो भने उक्त सवालमा केन्द्रीत रहेर गाउँपालिका अध्यक्ष दिनेश लामा, प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङ, वडा अध्यक्ष तथा कर्मचारीहरुले गुनासो तथा सुझावहरुलाई सम्बोधन गर्दै प्रश्न, गुनासो तथा सुझावहरुको जवाफ दिएका थिए ।

    कार्यक्रमको अवसरमा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ्ले नागरिकको जीवन स्तर परिवर्तन गर्न सहजीकरण गर्ने सवालमा पालिकाबाट १६० जना कर्मचारी टिम, ६४ जना गाउँसभा र २० जना कार्यपालिका टिम मार्फत सेवा प्रबाह भएको बताएका छन् ।

    रोशी गाउँपालिकाको आयोजना तथा ग्लोबल युटिलिटि रिसर्च युनिटि प्रा लिको सहजीकरणमा पालिकाको सभाहलमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो ।

    प्रतिक्रिया दिनुहोस