पैसा बाढ्न गएका एमाले कार्यकर्ताको गाडी स्थानीयले लखेटे, ‘अनकन्ट्रोल’ हुँदा दुर्घटना

Post Thumbnail
  • २०७९ बैशाख २९, बिहिबार मा प्रकाशित १ साल अघि
  • २२७५ पाठक संख्या

  • मौन अवधिको पहिलो दिन आधारातमा पैसा बाँडेर हिँडेका एमाले कार्यकर्ताहरुलाई स्थानीयले लखेटेका छन् । मध्यराती १२ बजे पाँचखाल नगरपालिका वडा ४ को फेदी, जिरो किलो, लामिडाँडा लगायतका क्षेत्रमा पैसा बाँढ्दै हिँडेका एमालेका सक्रिय कार्यकर्ता लाई स्थानीयले लखेट्ने क्रममा बागमती प्रदेश ०२५ प ६३८४ नं को गाडी अनियत्रित भई दुर्घटनामा परेको छ ।

    पैसा बाढ्दै हिड्ने क्रममा एमालेका कार्यकर्ताले मापसे गरेर घरघरमा हिड्दा स्थानीयले ‘यति राति राती को हँ, मौन अवधिमा पैसा बाढ्ने भन्दै स्थानीयले लखेटेपछि भागेका उनीहरुको गाडी अनकन्ट्रोल भएर लामिडाँडामा गाडी दुर्घटना भएको थियो । गाडी दुर्घटनामा क्षती पुगेपनि मानविय क्षती भने नभएको स्थानीयले जानकारी दिए ।

    रातको समयमा ठुलै हल्ली खल्ली भएपनि प्रहरी घटनास्थलमा नपुगेको स्थानीयको भनाई छ । स्थानीयका अनुसार उक्त गाडी दुर्घटना भएको केहि बेरमा अर्को कालो कलरको मोटर आइ गाडीवाट झोला निकालेर उक्त मोटर पनि स्पिट भागेको स्थानीयले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस