नेकपा एमाले बनेपाको प्रतिबद्धता सार्वजनिक

Post Thumbnail
  • २०७९ बैशाख १७, शनिबार मा प्रकाशित २ साल अघि
  • ५७७ पाठक संख्या

  • नेकपा एमालेको तर्फबाट बनेपा नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार रत्नकुश रन्जितकार र उपप्रमुख विमला सापकोटा दाहालले आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

    नेकपा एमाले बनेपा नगर कमिटीको आयोजनामा भएको सार्वजनिक कार्यक्रममा नगरप्रमुखका उम्मेदवार रत्नकुश रञ्जितकारले काभ्रे उपत्यका एकीकृत खानेपानी ४ महिना भित्र खुवाउने, ६ महिनाभित्र फोहोर मैला व्यवस्थापन गर्ने बताए ।

    कार्यक्रममा उपप्रमुख पदका उम्मेदवार बिमला सापकोटाले नगर अस्पतालको स्थापना, चिस्यान केन्द्रको स्थापना लगायतका योजना रहेको बताइन् । यस्तै नगरमा धार्मिक पर्यटन प्रवद्र्धन, निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउने, अव्यवस्थित विकास निर्माणका कामलाई व्यवस्थित बनाउने बताइन् ।

    एमालेले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा एक विद्यालय एक बाल उद्यान बनाउने, सामूदायिक विद्यालयप्रति आकर्षण बनाउने योजना ल्याउने, निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गर्ने, आर्थिक अवस्था कमजोर भएका व्यक्ति, अपांगता भएका व्यक्तिको स्वास्थ्य बिमा गरिदिने, नगरमा आयुर्वेदिक अस्पताल बनाउने, निजी क्षेत्रसँग समन्वय गरेर रोजगारीको सिर्जना गर्ने लगायतका विषय समेटिएको छ ।

    कार्यक्रममा नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य कुमार तिमल्सिना लगायतले मन्तब्य राखेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस