स्वतन्त्र उम्मेदवार माधव कणेलले लोकतान्त्रिक–बाम गठबन्धनलाई सघाउने

Post Thumbnail
  • २०७९ कार्तिक २८, सोमबार मा प्रकाशित २ साल अघि
  • २४४ पाठक संख्या

  • प्रतिनिधि सभा क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिएका माधवप्रसाद कंडेलले लोकतान्त्रिक – बाम गठबन्धनलाई सघाउने घोषणा गरेका छन् ।
    गठबन्धनले कात्तिकेदेउरालीमा गरेको चुनावी सभामा बोल्दै उनले गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं १ का उम्मेदवार सुर्यमान दोङ (लालध्वज) र गठबन्धनका उम्मेदवारलाई सघाउने घोषणा गरेका हुन् ।
    स्वतन्त्र उम्मेदवारका रुपमा उठाएका आफ्ना चुनावी अजेण्डा र प्रतिवद्धता गठबन्धनका उम्मेदवारले पुरा गर्ने प्रतिवद्धता जनाएकोले आफ्नो उम्मेदवारी निष्कृय पार्दै गठबन्धनलाई सघाउने निर्णय गरेको कंडेलले बताए । विकास र समृद्धी नै आफ्नो अजेण्डा भएको भन्दै उनले त्यसको लागि लोकतान्त्रिक –बाम गठबन्धनलाई जिताउन आवस्यक रहेको बताए । राजधानीबाट नजिक भएपनि काभ्रेको क्षेत्र नं १ विकासमा पछि परेको भन्दै उम्मेदवारी दिएको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस