निर्माण व्यवसायी संघका उपाध्यक्ष मुकेश पन्त प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस

Post Thumbnail
  • २०७९ भाद्र २०, सोमबार मा प्रकाशित २ साल अघि
  • ७६६ पाठक संख्या

  • युवा नेता रामजी पन्त मुकेश प्रतिनिधि सभा क्षेत्र नं २ को प्रत्यक्ष उम्मेदवारको रुपमा सिफारिस भएका छन् ।

    प्रतिनिधि सभा हुँदै जिल्ला कार्यसमितिले समेत पन्तको नाम प्रतिनिधि सभा क्षेत्र नं को प्रत्यक्ष निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको हो ।

    नेपाली काँग्रेसका महासमिति सदस्य एवं नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रहेका पन्त काँग्रेस युवा भित्र लोकप्रिय नेता हुन । पन्त नेपाल निर्माण व्यवसायी महासंघ एशोसियट समन्वय समितिको संयोजक समेत छन् ।

    उक्त क्षेत्रमा पन्त सहित नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, पूर्व केन्द्रीय सदस्य शिव हुमागाई, पूर्व जिल्ला उपसभापति अच्युत पौडेल तथा जिल्ला उपसभापति ठाकुर न्यौपाने सिफरिस भएका छन् ।

    त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ समानुपातिक तर्फ प्रचण्डराज प्रधान, बेल ब लामा, डा. राम थपलिया, लिला नेपाल, मन्जु कुमार कोजु, कमला थापा, मनिस सोजु, सुमित्रा परियार दर्जी, रिता गौतम दाहाल ,सरस्वती वैद्य, राम प्यारि पोटे अवाले, विरता श्रेष्ठ, बल ब तामाङ, सुस्मिता नेपाली, संजिता दनुवार, उदय केसि, पुण्ड्य प्रसाद रिजाल, प्रविण धिताल, कुमार श्रेष्ठ, राजेश लामा, माधव प्रसाद कोईराला, कुमार लामिछाने, गणेश अधिकारी, सावित्री लामिछाने, मान ब तामाङको नाम सिफारिस गरेको छ ।

    प्रतिक्रिया दिनुहोस