भकुण्डेबेशी जेसीज र भकुण्डेबेशी जुनियर जेसीजको सयुक्त पदस्थापना सम्पन्न भएको छ ।
भकुण्डेबेशीमा आयोजना भएको दशौं पदस्थापना नेपाल जसीजको बर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा भकुण्डेबेशी जेसीज बर्ष २०२१ का अध्यक्ष सुर्दशन चिमौरियाले बर्ष २०२२ का अध्यक्ष प्रमोद काफ्लेलाई शपथ तथा अध्यक्षीय माला हस्तान्तरण गरेका थिए । ११ औं साधारणसभाले बर्ष २०२२ को लागि प्रमोद काफ्लेको अध्यक्षतामा कार्यकारिणी उपाध्यक्षमा रञ्जना उप्रेती र राजु तिमल्सिना, कानुनी सल्लाहकारमा श्रीकृष्ण अधिकारी, महासचिवमा शिव न्यौपाने, कोषाध्यक्षमा सुमन दाहाल, उपाध्यक्षमा दिनेश अधिकारी, रमा ढोडारी, सागर गौतम, रामहरी अधिकारी, शाखा सम्पादकमा श्रीहरी अधिकारी, सह सचिवमा बद्रिप्रसाद अधिकारी निर्वाचित भएका थिए ।
त्यस्तै जुनियर जेसीज बर्ष २०२१ का अध्यक्ष विजय खनालले बर्ष २०२२ का अध्यक्ष अन्जना मोक्तानलाई शपथ तथा अध्यक्षीय माला हस्तान्तरण गरेका थिए । जुनियर जेसिज बर्ष २२ को लागि कार्यकारीणी उपाध्यक्षमा जयन्ती रायमाझी र प्रजिना श्रेष्ठ, कानुनी सल्लाहकारमा कञ्चन सुन्दास, महासचिवमा सिता विष्ट, कोषाध्यक्षमा सनुप श्रेष्ठ, उपाध्यक्षहरुमा प्रविन खनाल, विद्या खनाल, एरिसा लामा र डोल्मो मोक्तान निर्वाचित भएका थिए ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणी भण्डारी, क्षेत्र ग का निरुपित कार्यकारिणी उपाध्यक्ष रमा प्याकुरेल, नेपाल जेसीजका महासचिव कृष्ण सापकोटा, उपाध्यक्षहरु जीवन कार्की र योगीराज अधिकारी, भकुण्डेबेशी जेसीजका संस्थापक अध्यक्ष पुस्कर काफ्ले, बर्ष २०१४ का अध्यक्ष हरिहर अधिकारी, बर्ष २०२१ का अध्यक्ष सुदर्शन चिमौरिया, बर्ष २२ का अध्यक्ष प्रमोद काफ्ले, जुनियर जेसीज बर्ष २०२१ का अध्यक्ष विजय खनाल, बर्ष २२ का अध्यक्ष अन्जना मोक्तान लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा भकुण्डेबेशी जेसीज बर्ष २०१६ का अध्यक्ष मोदनाथ अधिकारी, २०१७ का अध्यक्ष कपिल कोईराला, २०१८ का अध्यक्ष एवं नेपाल जेसीजका पूर्व उपाध्यक्ष रुक्मणी सिग्देल, बर्ष २०२० का अध्यक्ष श्रीकृष्ण अधिकारी, नेपाल जसीजका पूर्व महासचिव विकास मानन्धर, पूर्व उपाध्यक्ष मञ्जु शाह, नमोबुद्ध नगरपालिकाका वडा अध्यक्ष उद्धव काफ्ले, भकुण्डे चेम्बर अफ कमर्सका अध्यक्ष विदुर बर्तौलाला, भकुण्डेबेशी जेसीजले मातृत्व प्रदान गरेका शाखाहरु बेथानचोक जेसीजका संथापक अध्यक्ष मुक्ती तिमल्सिना र पाँचखाल जेसीजका संस्थापक अध्यक्ष चिरञ्जीवि आचार्य (दिलिप) लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस