धुलिखेल/ प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत काभ्रेमा ६०.४२ प्रतिशत मतदाताले मतदान गरेका छन ।
काभ्रेमा महिला ९२ हजार ८२९ र पुरुष १ लाख ४ हजार ५१२ गरी कुल १ लाख ९७ हजार ३४१ अर्थात ६०.४२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
३ लाख २६ हजार ६११ कुल मतदाता रहेको काभ्रेमा १ लाख २९ हजार २ सय ७० जनाले मतदान गरेनन् ।

प्रतिक्रिया दिनुहोस