मनकामना साकोसको ३०औं साधारणसभा सम्पन्न

  • २०८२ कार्तिक १५, शनिबार मा प्रकाशित १ हप्ता अघि
  • १९८ पाठक संख्या

  • काभ्रे । मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को ३०औं वार्षिक साधारणसभा शनिबार बनेपाको अरनिको सभा हलमा सम्पन्न भएको छ ।
    संस्थाका सल्लाहकार राजकुमार हुमाागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का प्रबन्धक गुरुप्रसाद ढकाल, बनेपा वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका छन् ।
    संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेले अध्यक्षको मन्तव्य राखिएको कार्यक्रममा उपाध्यक्ष विदुरप्रसाद घिमिरेले स्वागत मन्तव्य र सचिव नवराज आचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् भने लेखा समिति संयोजक देवप्रसाद कोइरालाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

    एक केन्द्रीय कार्यालय र ६ वटा सेवा केन्द्रमा कुल सदस्य १० हजार १ सय ३ रहेको संस्थाको वासलात २ अर्ब ३० करोड ८९ लाख ८१ हजार, बचत रकम १ अर्ब ९५ करोड ६९ लाख ८७ हजार, ऋण लगानी १ अर्ब ७७ करोड १२ लाख ३८ हजार रहेको विवरण साधारणसभा प्रस्तुत गरिएको थियो ।
    कार्यक्रममा शेयर सदस्यहरूलाई सम्मान गरिएसँगै संस्थाका निवर्तमान अध्यक्ष बालकृष्ण दाहाल र प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाललाई संस्थागत योगदानको कदर स्वरूप विशेष सम्मान प्रदान गरिएको थियो भने “उत्कृष्ट सेवा केन्द्र” को रूपमा गोदामचोक सेवा केन्द्र र “उत्कृष्ट कर्मचारी सम्मान” सुदर्शन दाहाललाई प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस