गत वर्ष असोजको दोस्रो सातामा आएको बाढीले सो स्थानमा रहेको पक्की पुल बगाएको थियो । पक्की पुल बगाएपछि अस्थायीरुपमा यातायात सञ्चालनका लागि थाङसिबेसीमा हृयुम पाइप राखिएको थियो । उक्त हृयुम पाइप यस वर्षको बाढीले बगाएपछि दुई दिन अघि मात्रै राखिएको हृयुम पाइप रोशी खोलाले पुन: बगाएको छ ।
रोशी खोलाले काभ्रेको डाँडापारी जाने सडकखण्डको हृयुम पाइप बगाएको हुनाले सडक अवरुद्ध रहेकाले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले अनुरोध गरेको छ ।




प्रतिक्रिया दिनुहोस