विदेशी शिक्षामा बनेपाली युवाको सफलता: रोहित दंगालको प्रेरणादायी यात्रा अस्ट्रेलियासम्म

  • २०८२ श्रावण ७, बुधबार मा प्रकाशित ३ महिना अघि
  • ३८४ पाठक संख्या

  • काभ्रे | नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले स्थापना गरिएको Success Educational Consultancy and Job Solution Pvt. Ltd. ले विदेश अध्ययनका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। यस संस्थाका संस्थापक तथा प्रमुख रोहित दंगाल हाल अस्ट्रेलियामा रहेका छन्, जहाँ उनले विभिन्न विश्वविद्यालय तथा कलेजसँग सहकार्य विस्तारका लागि महत्वपूर्ण छलफलहरू गरिरहेका छन्।

    काभ्रेको बनेपाबाट उदाएका दंगालले शैक्षिक परामर्श क्षेत्रमा विगत एक दशकभन्दा बढी समयदेखि इमान्दारिताका साथ सेवा प्रदान गर्दै आएका छन्। उनले हाल अस्ट्रेलियामा रहेर नेपाली विद्यार्थीहरूका लागि अझ सुरक्षित, सहज र प्रभावकारी अध्ययन अवसरहरू सुनिश्चित गर्ने प्रयोजनले शैक्षिक संस्था, प्रतिनिधि तथा नियामक निकायहरूसँग संवाद र सहकार्य गरिरहेका छन्।

    Success Educational Consultancy and Job Solution Pvt. Ltd. ले हालसम्म सयौँ विद्यार्थीहरूलाई अष्ट्रेलिया, जापान, अमेरिका, बेलायत लगायतका देशका प्रतिष्ठित शिक्षण संस्थामा भर्ना गराइसकेको छ।

    शैक्षिक परामर्शसँगै रोजगार समाधानका क्षेत्रमा समेत सेवा विस्तार गरिरहेको यो संस्था हाल देशभरका विद्यार्थीहरूको विश्वासिलो गन्तव्य बनेको छ। दंगालले विश्वास दिलाएका छन् कि विदेश पढ्न चाहने प्रत्येक नेपाली विद्यार्थीलाई सही मार्गदर्शन र साथ दिन उनी र उनको संस्था सधैं तत्पर रहनेछ।

    प्रतिक्रिया दिनुहोस