कर्मचारीको सरुवा रोक्न निर्वाचन आयोगको निर्देशन

Post Thumbnail
  • २०७९ आश्विन ६, बिहिबार मा प्रकाशित २ साल अघि
  • २८७ पाठक संख्या

  • निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ ।

    निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन र असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना असोज ९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरूलगायत सबै सार्वजनिक निकायहरूलाई निर्देशन दिएको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस