स्थानीय निर्वाचन २०७९ को लागि काभ्रेका १३ वटा पालिकामा ७ सय १ पदको लागि २७ सय ७३ जनाको उम्मेदवारी परेको छ ।
१३ स्थानीय तहका प्रमुख/अध्यक्षका लागि ९१ जना, उपप्रमुख/उपाध्यक्षका लागि ५८ जना, १ सय ३५ वडाध्यक्षका लागि ६ सय ७० जना, २ सय ७० सदस्यका लागि ६ सय ७०, १ सय ३५ महिला सदस्यका लागि ४ सय ८७ र १ सय ३५ दलित महिला सदस्यको लागि ४ सय ३० जनाको उम्मेदवारी दर्ता भएको हो ।
काभ्रेमा आयोगले उम्मेदवारी दर्ताको लागि छुट्याएको वैशाख ११ र १२ गते गरेर २७ सय ७३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईले जानकारी दिए ।
निर्वाचन कार्यालयले आज १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयनपत्र जाँचबुझ गरी निर्णय गर्ने, १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते निर्वाचन चिह्न प्रदान गर्ने तालिका छ ।
प्रतिक्रिया दिनुहोस