अन्ततः त्रिविका सबै परीक्षा स्थगित (विज्ञप्तिसहित)

Post Thumbnail
  • २०७८ माघ ६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ५०८ पाठक संख्या

  • त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

    त्रिविको बिहीबार बसेको बैठकले माघ ९ गते आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो।

    विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूलाई नै कोरोना संक्रमण भएकाले ९ माघदेखि अर्को सूचना जारी नभएसम्मका लागि त्रिविले सञ्चालन गरेका वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस