काभ्रेको ७ सय ९२ सहित देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ९ सय २९ पुग्यो

Post Thumbnail
  • २०७८ माघ ५, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६१३ पाठक संख्या

  • काभ्रेको ७ सय ९२ सहित देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ९ सय २९ पुगेको छ ।

    बुधवार सम्म काभ्रेमा ३ सय ४४ जना महिला र ४ सय ४८ जना पुरुष गरी ७ सय ९२ जना सहित देशभर ४७ हजार ९ सय २९ जना सक्रिय संक्रमित पुगेका छन् ।

    काठमाडौं उपत्यकामा मात्रै ३० हजार २ सय ८ जना सक्रिय संक्रमित रहेका छन् ।

    सक्रिय संक्रमितमध्ये ४६ हजार ५१५ जना होम आइसोलेसन छन् । त्यस्तै एक हजार ४ सय १४ जना संस्थागत आइसोलेसन रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये आइसीयूमा १६९ र भेन्टिलेटरमा २८ जना उपचाररत छन् ।

    प्रदेश अनुसार प्रदेश १ मा २३ जना आइसीयू र आठ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश २ मा तीनजना आइसीयूमा, बागमती प्रदेशमा ९७ आइसीयूमा र १८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    त्यस्तै, गण्डकी प्रदेशमा १७ जना आइसीयूमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा २३ जना आइसीयुमा, कर्णाली प्रदेशमा एक जना आइसीयूमा उपचररत छन् । सुदूरपश्चिममा पाँच जना आइसीयू र दुई जना भेनन्टलेटरमा उपचाररत छन् ।

    मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलालीसहित १३ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार धनुषा, पर्सा, नवलपरासी पूर्व, दाङ र कन्चनपुर गरेर पाँच जिल्लामा दुईभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस