अर्थतन्त्रलाई सबल बनाउन दूधको खपत बढाउनुपर्नेमा जोड

  • २०८२ जेष्ठ २१, बुधबार मा प्रकाशित १ हप्ता अघि
  • १२ पाठक संख्या

  • दूधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं भन्ने नाराका साथ विश्व दुग्ध दिवस काभ्रेमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ । दुधको महत्वलाई विश्वव्यापीरुपमा दर्साउन विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवसको रुपमा मनाइदैँ आइएको हो । दुधको फाइदा र महत्वका साथै दूधले स्थानीय अर्थतन्त्र र समुदायलाई कसरी फाइदा पु¥याउँछ भन्ने बारे सर्व साधारणमा जनचेतना अभिबृद्धि गराउन दिवसका सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएका हुन । पशु सेवा कार्यलय धुलिखेल तथा धुलिखेल नगरपालिकाले संयुक्तरुपमा गरेको कार्यक्रममा कार्यक्रममा पशु सेवा कार्यालयको तर्फबाट कार्यालय प्रमुख डाक्टर सृजा वाग्लेले दुध दिवसको महत्वलाई दर्साउदै दुग्ध क्षेत्र सँग सम्बन्धित विविध विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
    कृषकहरुको प्रतिनिधित्व गर्दै सेती देवी दुग्ध उत्पादक सहकारी संस्थाबाट दोस्रो कार्यपत्र प्रस्तुत गरिएको थियो । साथै आयोजक कार्यालयहरुले धुलिखेल नगरपालिका तथा पशु सेवा कार्यालयमा सेवा लिन आउने सेवाग्राहिहरुलाई निशुल्क दुग्ध पदार्थ वितरण समेत गरेको थियो ।दिवसको अवसरमा दुध तथा दुग्ध पदार्थको उत्पादन, पौष्टिक महत्व तथा उपभोगलाई प्रवद्र्धन गर्न धुलिखेल नगरपालिका, नगरकार्यपालिकाको कार्यालय र पशु सेवा कार्यालयले आगामी दिनहरुमा कार्यलयमा संचालन हुने सम्पूर्ण कार्यक्रमहरुमा प्रयोग हुने खाजामा दुध तथा दुग्ध पदार्थहरुलाई उच्च प्राथमिकतामा राख्ने निर्यण गरिएको छ ।। उक्त प्रयोजनका लागि सम्बन्धित स्थानीय तहका स्थानीय बजार÷ पशुपालक कृषक÷ फर्म÷ संस्था÷ कम्पनी बाट उत्पादित दुध तथा दुग्ध पदार्थहरुलाई प्राथमिकता दिने समेत निर्णय गरिएको छ । काभ्रे दुध उत्पादनको क्षेत्रमा आत्मनिर्भर जिल्ला मानिन्छ । काभ्रेमा १४दशमलब २८ मेट्रिक टन दूध उत्पादन हुने गरेको तथ्यांक रहेको छ ।

    प्रतिक्रिया दिनुहोस