काभ्रेमा पहिलोपटक खेलकुद महोत्सव हुँदै

  • २०७९ माघ १८, बुधबार मा प्रकाशित १0 महिना अघि
  • १५६ पाठक संख्या

  • काभ्रेमा पहिलो पटक खेलकुद महोत्सव हुने भएको छ ।

    जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले बुधबार पत्रकार सम्मेलन गरी माघ २० गते देखि २४ गतेसम्म खेलकुद महोत्सव हुने जानकारी दिएको छ । जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने खेल महोत्सवको तयारी अन्तीम चरणमा पुगेको पत्रकार सम्मेलन मार्फत जानकारि गराइएको छ ।

    पनौती क्षेत्रीय रंगशाला, बनेपा तथा इन्द्रेश्वर प्राङ्गणमा खेलहरु संचालन हुने आयोजकको भनाई छ । उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्ने महोत्सवमा भलिबल, फुलकन्ट्याक्ट कराते, सितोरियो कराते, डब्लुटिएफ तेक्वान्दो, आईटिएफ तेक्वान्दो, कवड्डी, एथलेक्टिस, फुटबल, ब्याडमिन्टन, योगा, बुद्धिचाल लगायतका खेलहरु सञ्चालन हुनेछन् ।

    प्रतियोगितामा जिल्लाका १३ वटै पालिकाका १३ सय भन्दा बढि खेलाडीको सहभागीता रहने जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले जानकारी दिए। उनले प्रतियोगीतामा कर्मचारी, विद्यार्थी, उद्योगी, सञ्चारकर्मी, व्यापारी, मानवअधिकारकर्मी लगायतका सवै निकायले सहभागीता जनाउने वताएका छन् ।

    खेलमा लोप हुन लागेका खेलहरु डण्डीवियो, कबड्डी लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् । जिल्ला समन्वय समितिका प्रमुख गौतमले युवाहरुलाई कुलतको बाटोमा हैन् खेल खेलेरै जीवन चलाउँछु भन्ने बनाउने उदेश्यले महोत्सव आयोजना गरिएको बताए । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर लामा, जिल्ल समन्वय अधिकारी शान्तिराज प्रसाई, जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

    काभ्रे जिल्ला राम्रो खेलाडीहरु उत्पादन गर्ने जिल्ला भएकाले खेलकुदको विकास सँगै खेलाडीहरुको क्षमता विकासको लागि महा्ेत्सब कोसेढुंगा हुने आयोजकको भनाई छ । विभिन्न विधाका खेलहरुमा १ सय ३२ स्वर्ण, १ सय ३२ रजत तथा १ सय ९४ कास्य पदक वितरण हुने खेलमा पहिलो हुने टिम तथा खेलाडीले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन् ।

    तस्वीर सौजन्य प्रदिप न्यौपाने

    प्रतिक्रिया दिनुहोस