आभाष साकोसको १६ औं बार्षिक साधारण सभा एकाइगत रुपमा सम्पन्न

  • २०८२ कार्तिक २२, शनिबार मा प्रकाशित १ महिना अघि
  • १४९ पाठक संख्या

  • बनेपा/बनेपामा मुख्य कार्यालय रही पनौती र भकुडेमा सेवाकेन्द्र संचालन गरी संस्थाले शेयर सदस्य ५ हजार ९ सय ७९ जना, संस्थागत सदस्यता संख्या २९ वटा र बाल बचतकर्ता ९ सय ६४ जना गरी ६ हजार ९ सय ७२ जना सेवाग्राहीहरुलाई वित्तिय तथा गैह्रवित्तिय सेवा प्रदान गर्दै आएको छ । आ.ब. २०८१/८२ को असार मसान्तसम्ममा रु ३ करोड ७६ लाख ८२ हजार, बचत तथा निक्षेप ८२ करोड ७६ लाख ७३ हजार र ऋण लगानी रु ६६ करोड ५७ लाख २ हजार रहेको संसथाका प्रमुख कार्यकारी अधिकृत सुवाष वैद्यले जानकारी दिनु भयो ।
    संस्थाले बचत संकलन र ऋण परिचालनका अलवा निः शुल्क ए.बि.बि.एस सेवा, मोवाइल कारोवार तथा एस.एम.एस अलर्ट सेवा, रेमिटेन्स सेवा, आभाष सदस्य सुरक्षा कार्यक्रम, छोरी अभियान कार्यक्रम, सदस्यता विस्तारीत मञ्च जस्ता गैह्रवित्तिय कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

    साधारण सभाले सचिव धर्मभक्त प्रधानले प्रस्तुत गर्नु भएको संस्थाको कार्य प्रगती प्रतिवेदन र कोषाध्यक्ष सुर्यकुमार रंजितले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसहमतले पारित गरेको छ । यस्तै संस्थाको आन्तरीक नियन्त्रण तथा दैनिक प्रसासनिक कार्य संचालनका निमित्त तयार गरिएका प्रशासन व्यवस्थापन कार्यविधि, कर्मचारी व्यवस्थापन कार्यविधि, ऋण व्यवस्थापन कार्यविधि, नगद परिचालन कार्यविधि, सम्पत्ति शद्धिकरण सम्बन्धित एएमएल कार्यविधि संशोधन गरेको छ ।

    संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा  आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट बचत कारोबार गर्ने शेयर सदस्यहरु सुकदेव लाखे श्रेष्ठ, शारदा श्रेष्ठ, बाल बचतकर्ता प्रणव कायस्थ, ऋण उत्कृष्ट कारोबार गर्ने स्नेहा रानामगर खड्का तथा शेयर सदस्यका छोराछोरीहरुका तर्फबाट एस. ई. ई परिक्षामा ३ दशमलव ८५ सिजिपिए ल्याउने रोनिशा सञ्जेल र ३ दशमलव ८२ सिजिपिए ल्याउने इशान मानन्धर र उत्कृष्ट कर्मचारी  रुपमा प्रशासन विभागका अधिकृत श्रीकृष्ण सुवाल सम्मान गरिएको छ ।

    बनेपा क्षेत्रका प्रतिस्थित व्यक्तित्वहरुद्वारा “यहाँको सुख दुःखको सहयात्री” भन्ने नाराका साथ सानो पूँजीबाट सुरुवात गएिको आभाष साकोसले १६ बर्षमा प्रवेश गर्दा ९३ करोड ९ लाख ४८ हजारको वासलत पु-याउन सफल भएको संस्थाका अध्यक्ष ग्रुवेन तौजले बताउनु भयो । सहकारीको नैतिक मूल्य अन्तर्गत पर्ने इमान्दारिता र पारदर्शितालाई यस संस्थाले सर्वोपरि ठानी सोही बमोजिम कार्यहरु गर्दै आइरहेको र आगमी दिन सदस्यहरुको सम्पत्तिलाई सुरक्षित र संस्थालाई उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्ने योजनामा रहेको अध्यक्ष तौजले बताउनु भयो ।
    विभिन्न सामाजिक तथा सामुदायिक कार्य गर्दै आएको आभाष साकोसले चालु आ.ब २०८२/०८३ सामुदायिक विद्यालयमा शैक्षिक सामाग्रि वितरण, संस्थामा अवद्ध ७० वर्ष माथिका जेष्ठ सदस्यहरुको सम्मान, छोरी अभियान कार्यक्रमलाई निरन्तरता, स्वास्थ्य सम्बन्धी सचेतना, महिलाहरुको लागि शिपमुलक तालिम, मुटु सम्बन्धी अन्तक्र्रिया कार्यक्रम संचालन गरी सदस्यहरुको हितलाई थप मध्यनजर गरि सदस्यमुखी कार्यक्रमहरु संचालन गर्ने संस्थाका सचिव धर्मभक्त प्रधानले जानकारी गराउनु भयो ।

    रु ६७ लाख ८ हजार ४०० खुद मुनाफा गरी पल्र्स अनुगमन प्रणाली बमोजिम शुद्ध बचत औसत सम्पत्तिको १०% हुनु पर्नेमा संस्थाको शुद्ध बचत ०.७६% रहेको संसथाका कोषाध्यक्ष सुर्यकुमार रंजितले जनकारी दिनु भयो । हाल ९३ करोड ९ लाख ४८ हजार संस्थाको वासलतलाई चालु आ.ब २०८२/८३ मा ९९ करोड १४ लाख ४२ हजार पु-याई चालु आथिृक बर्षको अन्त्यमा ६४ लाख ७३ हजार ८ सय खुद मुनाफा आर्जन गर्ने लक्ष्य लिएको कोषाध्यक्ष रंजितले बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस