भगवती कालापानीको १६औं बार्षिक साधारण सभा सम्पन्न

  • २०८२ आश्विन ८, बुधबार मा प्रकाशित ४ महिना अघि
  • ३३३ पाठक संख्या

  • ढुंखर्क/बेथानचोक गाउँपालिका वार्ड नं २ मा रहेको भगवती कालापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड को १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ।

    संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिमल्सिना ज्युको सभापतित्वमा भएकाे सभाको प्रमुख वक्ता शेयर सदस्य तथा बेथानचोक गाउँपालिका उपाध्यक्ष तर राना तिमल्सिनाले रहनुभएको थियो।

    सभामा स्वागत मन्तबय संस्था प्रबन्धक प्रेम प्रसाद दाहाल ले गर्नुहुँदै सस्थाको वर्तमान अवस्था र आगामी दिनका भावी योजनाको बारेमा संक्षित जानाकारी गराउनुभएको थियो।
    सभाको उद्घाटन गर्दै उपाध्यक्ष तारा राना तिमल्सिनाले भगवती कालापानी साना किसान कृषि सहकारी संस्था लि ले बेथानचोक बासी शेयर सदस्यहरुलाई पुराएको सेवाको प्रसंशा गर्दै बेथानचोक को नमुना सहकारी रहेको र किसान मुखी सेवा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत निरन्तर रूपमा अगाडि बढाउन गाउँपालिका मार्फत् आबस्यक सहयोग गर्न तयार रहेको बताउनुभयो।

    सभामा संस्थाका अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाले बार्षिक प्रगति प्रतवेदन प्रस्तुत गर्दै २०६३ साल मंसिर १० गते विधिवत रुपमा दर्ता भई सञ्चालनमा रहेको संस्था २०७६ सालमा कालापानी युवा कृषि सहकारी संस्था सँग एकीकरण गरी संचालन गरिएको संस्थालाइ पुनः २०७८ सालमा संस्थाको १२ औँ बार्षिक साधारण सभा बाट संस्थालाइ साना किसान कृषि सहकारी संस्था लिमिटेड मा रूपान्तरण गरी किसान मैत्री  सेवा सदस्यहरुलाई  प्रदान गर्दै आईरहेको छ।

    संस्थाले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड संग समन्वयमा सदस्यहरुलाई विभिन्न किसिमका पशुपालन, तरकारीखेती,वित्तीय साक्षरता,समूह सुदृढीकरण तालिम र सहुियतपूर्ण,पशुपालन, तरकारी खेती र ग्रामीण उधम ऋण ३ देखि १० प्रतिशत ब्याजमा सदस्यहरुलाई लगानी गरिरहेको र अन्य बिभिन्न निकायहरु संग समन्वय गरी कृषि यान्त्रिकरण बीऊ विजन ५० प्रतिशत लागत साझेदारी मा सदस्यहरूलाई वितरण गरिएको र अबका दिनमा पनि निरन्तर दिने उनले बताए। संस्थामा आ. व २०८१/८२ मा १००५ सदस्य, शेयर पूंजी ४७ लाख १२ हजार ३०० ,१ करोड ९६ लाख १ हजार ५ सय ६३ रुपैयाँ बचत संकलन र ५ करोड २१ लाख २७ हजार २ सय ५ ऋण लगानी गरेको र कुल वासलात ६ करोड २८ लाख १३ हजार ३ सय ७१ रुपैयाँ रहेको छ। संस्थाले आ. ब २०८१/०८२ मा उत्कृष्ट ऋणी २ जना, दैनिक बचत १ जना, नियमित बचत १ जना, पशुपालन १ जना र तरकारी खेती तर्फ १ जना गरी जम्मा ६ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। सस्थाका सचिब भीम प्रसाद तिमल्सिनाले संस्थाको प्रस्ताविक नीति तथा कार्यक्रमहरु र आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सभाले प्रस्तावहरुलाई पारित समेत गरेको छ। लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक नवराज तिमल्सिनाले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

    प्रतिक्रिया दिनुहोस