चिया पारखीका लागि “किट्ली”

  • २०८२ आश्विन ५, आईतबार मा प्रकाशित ४ महिना अघि
  • ७७८ पाठक संख्या

  • काभ्रे । बनेपामा चिया मन पराउनेका लागि नयाँ आकर्षण स्थल “किट्ली” सञ्चालनमा आएको छ । इँटा भट्टा जाने बाटोमा रहेको पुलिस चौकीसँगै खोलिएको यस स्थानले केवल चियामात्र नभई अध्ययन, मनोरञ्जन र खानपानको लागि समेत छुट्टै सुविधा उपलब्ध गराउने जनाएको छ ।
    सञ्चालकका अनुसार “किट्ली” मा आउने ग्राहकहरूले विभिन्न स्वादका चियासँगै खाजा पनि सहज मूल्यमा पाउनेछन् । यहाँको वातावरणलाई आरामदायी र आकर्षक बनाउन विशेष ध्यान दिइएको छ, जसले साथीभाइ भेटघाट, छलफल तथा परिवारसँग समय बिताउन उपयुक्त हुने अपेक्षा गरिएको छ ।

    यसबाहेक, विद्यार्थी तथा पुस्तकप्रेमीहरूलाई लक्षित गर्दै यहाँ लाइबेरीको व्यवस्था गरिएको छ । पढ्न मन पराउनेहरूले चिया पिउँदै अध्ययन गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । त्यसैगरी, रमाइलो समय बिताउन चाहनेका लागि विभिन्न इन्डोर खेल पनि उपलब्ध गराइएको छ, जसले सबै उमेर समूहका आगन्तुकलाई आकर्षित गर्ने विश्वास लिइएको छ ।

    सवारीसाधन लिएर आउने ग्राहकका लागि पार्किङको पर्याप्त सुविधा पनि मिलाइएको छ । “किट्ली” बनेपामा चिया पारखीहरूका लागि मात्र नभई सामाजिक मेलमिलाप, अध्ययन र मनोरञ्जनका लागि समेत नयाँ गन्तव्य बन्ने व्यवसायी अञ्जन रायमाझी सहित टिमको विश्वास रहेको छ ।

    प्रतिक्रिया दिनुहोस