पनौती उद्योग वाणिज्य संघको अधिवेशनले अध्यक्षमा भोला थापा निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न प्रथम अथिवेशनले पुनः थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अघिवेशनले वरिष्ठ उपाध्यक्षमा सुदर्शन सुवेदीलाई निर्वाचित गरेको छ भने वाणिज्य तर्फको उपाध्यक्षमा अन्जु रञ्जित केसी र उद्योग तर्फको उपाध्यक्षमा पुनम लामा जंगमलाई निर्वाचित गरेको छ। सचिवमा महेश पौडेल निर्वाचित भएका छन् ।
सह सचिवमा इ सितु सैजु, कोषाध्यक्ष सुभाष राज बन्जारा निर्वाचित भएका छन् । संघको सदस्यहरुमा राजेशकुमार श्रेष्ठ, उत्तम फाँछि श्रेष्ठ, रविन्द्र हुमागाई, ज्ञान वहादुर लामा, विमला देवी श्रेष्ठ, पुरुषोत्तम कर्माचार्य र ममता भारती निर्वाचित भए ।
संघले पनौतीमा रहेका उद्योग कलकारखानाहरुलाई व्यवस्थित गर्ने, अभिलेखिकरण गर्ने, करको दायरामा ल्याउने भन्दै सचिव पौडेलले पनौती नगरपालिका संग सहकार्य गरेर उद्योगि व्यवसायीहरुलाई प्रशिक्षण समेत दिइने बताए । ठुलाठुला मात्र नभई साना साना व्यवसायीहरुलाई पनि एकतावद्ध गरि व्यवस्थित तरिकाले व्यवसाय गर्ने वातावरण बनाउन पनौती उद्योग वाणिज्य संघ सक्रिय हुने सचिव पौडेलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस