२०८३ कार्तिक ९, आईतबार  | Sun, 25, Oct, 2026

म्यादीमा आवेदन दिन युवाहरुको धुलिखेलमा लर्को (तस्बिरहरू)

Post Thumbnail
  • २०७८ चैत्र ६, आईतबार मा प्रकाशित ४ साल अघि
  • ७०३ पाठक संख्या

  • जिल्ला प्रहरी कार्यालय धुलिखेलमामा आइतबारबाट म्यादी प्रहरीको आवेदन खुलेसँगै म्यादी प्रहरीमा भर्ना हुन आउनेहरूको भीड लागेको छ ।

    वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आज एकै दिन काभ्रेमा ४ सय ५० जना म्यादी प्रहरीले आवेदन भरेका छन् । आज म्यादी भर्ना हुन आवेदन दिन गाउँगाउँबाट ठूलो संख्यामा युवाहरू सदरमुकाम आएका जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशी ले जानकारी दिए ।

    प्रहरी प्रधान कार्यालय मानवश्रोत एंव प्रशासन बिभाग भर्ना छनौट माहाशाखा नक्साल काठमाण्डौंको स्थानिय तह निर्वाचन २०७९ को लागि म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना अनुसार म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड २०७८ मा भएको व्यबस्था बमोजिम देशैभरको सबै जिल्ला प्रहरी कार्यालयबाट आजबाट ११ गते सम्म म्यादी प्रहरी भर्नाको लागि आवेदन दिन सकिनेछ । २०२४ साल चैत्र ११ गते देखि २०६० चैत्र ११ गते भित्रको जन्म मिति भएका कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएका, कुनै पनि राजनैतिक दलका सदस्य नरहेका, शारीरिक तथा मानसिक रुपले तन्दरुस्त, साधरण लेखपढ गर्न सक्ने ईच्छुक नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन ।

    प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब (आधारभूत तलब महिनाको २२ हजार ६८० रुपैयाँ) खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४ हजार ४४० रुपैयाँ पाउने छन् । उनीहरुको बीमालगायतका अन्य सुविधा पनि हुने छ ।

     

    तस्वीर जिल्ला प्रहरी कार्यालय काभ्रेको फोसबुकबाट

    प्रतिक्रिया दिनुहोस


    ↑