बनेपा/ काभ्रेको बनेपामा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
मोबाइल सफ्ट बनेपा, सुप्रिम डेन्टल, अल कियर हेल्थ, मोर्डन वाइन सपको संयुक्त रूपमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा बनेपा चारदोबाटोमा आयोजित कार्यक्रममा ३० पिन्ट रगत सङ्कलन गरिएको आयोजक मोबाइल सफ्ट बनेपाका प्रोप्राइटर मधुर दाहालले जानकारी दिए ।
जिल्लामा बढ्दो रगत अभावका कारण काठमाडौँबाट समेत बिरामीका आफन्तहरू रगतको खोजीमा काभ्रेसम्म आउनुपर्ने अवस्था देखिएको छ। यही समस्यालाई मध्यनजर गर्दै बनेपा–चारदोबाटो क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना सुप्रिम डेन्टल कियरका संचालक भिम प्रसाद बञ्जराले बाताए ।
कार्यक्रमको प्रचार प्रसार तथा सूचना प्रवाहका लागि इजि प्रिन्ट सप, रुटिन अफ काभ्रे शुभकामना सिनेमा हल, बेष्ट एफएम लगायतले कार्यक्रममा सहकार्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस