आर्शुको स्मृति दिवसमा बालबालिकाहरुलाई भोजन

  • २०८२ फागुन २७, बुधबार मा प्रकाशित १ महिना अघि
  • २०० पाठक संख्या

  • काभ्रे । आर्शु स्मृति प्रतिष्ठान नेपालले स्वर्गीय आर्शुको चौथो स्मृति दिवसमा बालबालिकालाई माया, साथ र सहयोग प्रदान गर्दै मंगलबार मानव सेवा आश्रम पनौतीमा रहेका बालबालिकाहरूलाई भोजन खुवाउने तथा आवश्यक सामग्री वितरण गरेको छ ।
    प्रतिष्ठानले आश्रममा रहेका बालबालिकाहरूलाई प्रेम र आत्मीयतासहित भोजन खुवाइएको थियो भने बालबालिकाहरूका लागि फलफूल, बिस्कुट, चाउचाउ, भुजिया तथा साबुनलगायत आवश्यक सामग्रीहरु वितरण गरेको हो ।

    प्रतिष्ठानका अध्यक्ष हरेराम काफ्ले (रुपेश) ले आर्शु स्मृति प्रतिष्ठान नेपालले स्थापनाकालदेखि नै दीनदुःखी, असहाय, विपन्न समुदायका व्यक्तिहरूलाई सहयोग गर्दै आएको बताए । सामाजिक कार्यमा प्रतिष्ठान सक्रिय रुपमा भूमिका निर्वाह गर्दै स्मृति दिवसलाई केवल सम्झनाको दिन मात्र नभई समाजप्रति उत्तरदायी र सेवा भाव प्रकट गर्दै आएको छ ।
    स्वर्गीय आर्शुको स्मृतिमा गरिने यस्ता मानवीय सेवामूलक कार्यले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्दै बालबालिकासँगको आत्मीय भेटघाट, भोजन तथा सहयोग वितरणले कार्यक्रमलाई भावनात्मक, प्रेरणादायी र स्मरणीय बनाएको अध्यक्ष काफ्ले बताए ।
    कार्यक्रममा समाजसेवी राजन अधिकारी, बेलि माया लामा, सञ्चारकर्मी नवराज बजगाई, लक्ष्मण तिमल्सिना तथा रामु सुधन केसी लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस