समानुपातिकको १० लाख मत गणना हुँदा कुन पार्टीको कति ?

  • २०८२ फागुन २३, शनिबार मा प्रकाशित १ महिना अघि
  • १०० पाठक संख्या

  • काठमाण्डाै‌/प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना कार्य भैरहेको छ । पहिलो हुने निर्वाचन अर्थात प्रत्यक्ष तर्फको हालसम्म ९२ स्थानको नतिजा टुङ्गो लागि सकेको छ ।समानुपातिक तर्फ समानुपातिकको १० लाख २ हजार १८ मत गणना भैसको छ ।

    कुल गणना भएको १० लाख मत मध्ये रास्वपाले ५ लाख १२ हजार २१५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ७२ हजार १७५ मत पाएको छ ।
    यसैगरी कपा एमालेको १ लाख ३६ हजार १७६ मत र नेपाली कम्युनिष्ट पार्टीको ६९ हजार ७८२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३७ हजार २४१ र श्रम संस्कृति पार्टीको १८ हजार ४८७ मत, राष्ट्रिय परिर्वतन पार्टीले १४ हजार १६६ मत, जनता समाजवादी पार्टी नेपालको ३ हजार ३७२ र नेपाल मजदुर किसान पार्टीको ३ हजार २८२ मत छ ।

    प्रतिक्रिया दिनुहोस