धुलिखेल/काभ्रेका दुई वटै निर्जाचन क्षेत्रका सबै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यलयमा आइसकेको पुगेपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
काभ्रे क्षेत्र नं १ मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पनाैती नगरपािलकामा सर्वदलीय बैठक संचालनमा रहेकाे छ भने काभ्रे क्षेत्र नं २ को सर्वदलीय बैठक सम्पन्न भैसकेको छ ।
सर्वदलीय बैठक सकिए लगत्तै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस