मोबाइल सफ्ट बनेपाले सामसङ एस–सेरिज बिक्री उत्सव मनाइयो

  • २०८२ फागुन १३, बुधबार मा प्रकाशित १७ घण्टा अघि
  • ११९ पाठक संख्या

  • सरोज चौलागाई

    बनेपा/काभ्रेको बनेपामा विगत १६ वर्षदेखि मोबाइल बिक्री तथा सेवामा सक्रिय मोबाइल रिटेलर मोबाइल सफ्ट ले सामसङका उच्चस्तरीय (फ्लागसिप) एस–सेरिजका ७५ भन्दा बढी मोबाइल सेट बिक्री गरेको अवसरमा विशेष उत्सव मनाएको छ। लामो समयदेखि ग्राहकहरूको विश्वास जित्दै आएको मोबाइल सफ्ट बनेपामा सामसङका प्रिमियम मोबाइलहरूको प्रमुख विक्रेताको रूपमा स्थापित हुँदै आएको छ।

    मोबाइल सफ्टका प्रोपाइटर मधुर दाहालका अनुसार सामसङको एस–सेरिजका हाई–रेन्ज मोबाइलप्रति ग्राहकहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। हालसम्म ७५ भन्दा बढी फ्लागसिप एस २५ सेरिज मोबाइल बिक्री भएको र आगामी नयाँ मोडल स्यामसुङ एस २६ पनि छिट्टै सार्वजनिक हुने तयारीमा रहेको मोबाईल सफ्ट बनेपाका प्राेपाइटर मधुर दाहालले  जानकारी दिए । सामसङको नयाँ स्यामसुङ एस २६ मोडल खरिद गर्न इच्छुक ग्राहकहरूले मोबाइल सफ्टमा सम्पर्क गरी अग्रिम बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको प्राेपाइटर दाहालले  जानकारी दिए ।

    बनेपा क्षेत्रमा लामो समयदेखि सेवा दिँदै आएको मोबाइल सफ्टले गुणस्तरीय मोबाइल तथा ग्राहक–मैत्री सेवाका कारण स्थानीय ग्राहकहरू माझ राम्रो विश्वास कायम गर्न सफल भएको छ । एस २६ मोडेल सम्बन्धि थप जानकारीका लागी मोबाईल सफ्ट बनेपाको आधिकारीक फेसबुक पेजमार्फत सम्पर्क गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस