राष्ट्रिय परिचय पत्र बनाउन छुट्टै फारम भर्न नपर्ने

  • २०८२ चैत्र ८, आईतबार मा प्रकाशित २ हप्ता अघि
  • ९३ पाठक संख्या

  • काठमाडौं/ गृह मन्त्रालयले राष्ट्रिय परिचय पत्र बनाउन छुट्टै फारम भर्न नपर्ने व्यवस्था गरेको छ ।

    केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच सेवा अन्तरआवद्धता गर्दै आवेदन फारामसहित बायोमेट्रिक विवरणका लागि जानुपर्ने अवस्थाको अन्त्य गरिएको मन्त्रालयले जनाएको छ ।

    गृहमन्त्री ओम प्रकाश अर्यालले ललितपुर प्रशासन कार्यालय पुगेर नयाँ व्यवस्थाको निरिक्षण गरी समान प्रकृतिका विवरणहरूको लागि समेत फरक फरक निकायका फरक फरक फाराम भर्नुपर्ने अवस्थालाई क्रमश अन्त्य गर्दै जाने बताउनु भयो ।

    राष्ट्रिय परिचय पत्रका लागि सेवाग्राहीहरूले विवरण दर्ताको आवेदन फाराम भर्न पर्ने अवस्थाको अन्त्य गर्दै सहज र नागरिकमैत्री सेवा उपलब्ध गराउने मुख्य उद्देश्य रहेको मन्त्री अर्यालले बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस